काठमाडौं । यु–१९ साफ च्याम्पियनसीप अन्तर्गत नेपालले ३-१ ले जितेको छ । दशरथ रंगशालामा भएको खेलको १० औं मिनेटमा बिमलकै गोलबाट नेपालले अग्रता लिएको थियो । त्यसको एक मिनेट पछि नै भूटानले जवाफी गोल फर्कायो ।
त्यसपछि २९ र ६२ औं मिनेटमा गोल गर्दै बिमलले टोलीलाई ३-१ को स्थितिमा मात्रै पुर्याएनन्, नेपालका लागि आफ्नो खेल जीवनकै पहिलो ह्याट्रिक समेत पूरा गरे ।