धादिङमा भएको राष्ट्रिय म्याराथुन सेनाले जित्यो (फोटो फिचर)

Avatar photo
Dhadingpost
शुक्रबार, साउन १५, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ । यस वर्षको राष्ट्रिय ट्रिपल म्याराथुन प्रतियोगिताको उपाधी नेपालीले जितेको छ । धादिङको बैरनीमा रहेको नेपाली सेनाको ६ नम्बर बाहिनी देखि जोगीमाराको खटौती सम्म विहिबार भएको दोश्रो प्रधानसेनापति ट्रिपल म्याराथुन प्रतियोगिता नेपाल आर्मीले जितेको हो ।
OLYMPUS DIGITAL CAMERAप्रथम स्थान हासिल गरेको उक्त नेपाली सेनाको समुह बिलाई नगद १ लाख पुरस्कार सहित रनिङ ट्रफि, प्रमाणपत्र र मेडल दोस्रो हुने आर्मी क्लबकै A समुह र सान्तोना स्थान प्राप्त गर्ने आर्मिकै समुह C लाई क्रमशः नगद ७५ हजार र ५० हजार पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।
OLYMPUS DIGITAL CAMERAप्रतियोगितामा नेपाली सेनाको ४ टिम शसस्त्र प्रहरीको १ टिम काठमाडौ बाईक स्टेशन १ र ललितपुर बाईक स्टेशन १ गरी ८ समुहको सहभागिता रहेको छ । कुल ४३.३ किमी पुरा गर्नु पर्ने तीन विधामा पहिलो चरणमा छ १०.८ किलोमिटरको दौड सकि दोस्रो चरणमा साइकिलीङ २०.५ किलोमिटर पार गरेपछि १० किलोमिटर र्याफ्टिङ गर्नु पर्ने प्रतियोगितामा तोकिएको थियो ।
OLYMPUS DIGITAL CAMERAप्रथम हुने आर्मी क्लबको B समुहले २ घण्टा २९ मिनेट दोश्रो हुने आर्मी क्लबकै A समुहले २ घण्टा ३१ मिनेट र तेश्रो हुने C समुहले २ घण्टा ३४ मिनेटमा निर्धारित दुरी पार गरेका थिए । तियोगितामा विजयि भएकाहरुलाइ प्रधान सेनापति गौरव संशेर राणाले पुरस्कार वितरण गर्नुभएको थियो ।