ग्रामीण यातायातका गाडीहरु एउटै कलरमा

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ २९, २०७२

ग्रामीण यातायात सहकारी संस्था लिमिटेडले संस्थाद्धारा सञ्चालित सम्पूर्ण सवारी साधनको कलर एउटै बनाएर सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
सहकारीको ‘गुणस्तरीय सेवा व्यवसायीक एकता हाम्रो प्रतिबद्धता’ भने मुल नाराका साथ २०६५ सालमा स्थापना भएर संचालनमा आएको सहकारी संस्थाले धादिङ–काठमाण्डौ रुटमा ३० वटा डिलक्स मिनीबस संचालन सञ्चालन गर्दै आइरहेको छ ।
gramin yatayat 2

सहकारी संस्थाले प्रदान गरेको सेवालाई प्रभावकारी बनाउन र यात्रुले टाढैबाट ग्रामीण यातायातकै बस हो भनेर चिन्न सजिलोका लागि पनि एउटै कलरमा सेवा दिन लागिएको ग्रामीण यातायात सहकारी संस्था लि का अध्यक्ष चक्रबहादुर भण्डारीले बताउनुभयो ।

ग्रामीण यातायात नेपालको साझा यातायातपछिको दोस्रो नम्बरमा यातायात संचालन गर्दै आएको सहाकारी संस्था हो । विगतका वर्षहरुमा भन्दा यो वर्ष यात्रुहरुले निकै कम गुनासाहरु राख्दै आएको बेला सेवा प्रभावकारी बनाउन अझै लागिपर्नुले संस्थाले सेवामा गुणस्तर कायम गर्न महत्वपूर्ण भूमीका खेलेको यातायात विज्ञहरुको भनाई छ । बैशाख १२ गते गएको विनासकारी भुकम्पका बेला समेत विशेष सहुलियत प्रदान गरेर यातायात संचालन गरेको थियो ।