मर्नेको संख्या थपिदै, केही ठाउँमा शव निकाल्न बाँकी

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख २२, २०७२

काठमाडौं बैशाख २२ । विनाशकारी भूकम्पमा परी मर्नेको संख्या थपिदो क्रममा रहेको छ । अहिलेसम्म मुलुकभर सात हजार ३ सय ६६ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । अहिले पनि सिन्धुपाल्चोक, रसुवाका केही ठाउँबाट शव निकाल्न बाँकी रहेको छ । शवको खोजी भइरहेको र निरन्तर थपिने क्रम रहेका शसस्त्र प्रहरीका सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिनुभयो ।
गृह मन्त्रालय मातहतको राष्ट्रिय आपदकालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट घाइते हुनेको संख्या १४ हजार ३ सय ८८ पुगेको छ । भूकम्पका कारण नागरिकका एक लाख ९१ हजार ५८ घर पूर्ण तथा ७५ हजार १ सय ६२ घर आंशिक रूपमा क्षतिमा भएको केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकमा दुई हजार ८ सय ३८, काठमाडौंमा एक हजार २ सय २, नुवाकोटमा ७ सय ९८, धादिङमा ६ सय ८० र रसुवामा ४ सय ३३ जनाको ज्यान गएको भएको केन्द्रले जनाएको छ ।