एउटै हाँगोमा तीन युवती झुन्डिएर मृत

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ६, २०७२

बझाङ,वैशाख ६ – बझाङको ठकुन्नाडा गाउँका तीनजना नवयुवती रुखको एकै हाँगामा झुन्डिएर मृत अवस्थामा फेला परेका छन् ।
मृतकहरु ९ र १० कक्षामा पढ्ने भएको प्रहरीले जनाएको छ ।
माघमारे जंगलमा शुक्रबार बाँझको रुखको एकै हाँगोमा झुन्डिएको अवस्थामा १५ वर्षीया पवित्रा बोहोरा,१६ वर्षकी रेखा पुजारा र २१ वर्षकी जुनतारा बोहोरा फेला परेका छन् । स्थानीयले तीनैजनाको शव एउटै हाँगोमा झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । तीनजना मध्ये जुनतारा मात्रै विवाहित थिइन्, आजको अन्नपूर्णपोष्टमा खबर छ ।