सुर्यबहादुर थापाको आज अन्त्येष्टि, शोकमा सार्वजनिक बिदा

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ४, २०७२

Surya-bahadur-thapa-death-Bodyधादिङ बैशाख ४ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिंदैछ ।
बुधबार राती भारतको मेदान्त अस्पतालमा निधन भएका थापाको, सरकारले राजकीय सम्मानका साथ आज अन्त्येष्टि गर्ने निर्णय हिजो बसेको मन्त्रिपरिषद बैठकले गरेको हो ।
सरकारले थापाको निधनको शोकमा आज सार्वजनिक बिदा पनि दिएको छ । त्यस्तै एक दिन सरकारी कार्यालय तथा कुटनीतिक नियोगहरु राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि भएको छ । उहाँको पार्थिव शरीरलाई हिजो साँझ भारतबाट नेपाल ल्याएर उहाँको निवास माली गाउँमा राखिएको छ । आजै दिउँसो १ देखि ३ बजेसम्म पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिेनेछ भने त्यसअघि मध्यान्ह १२ बजेसम्म पार्टी कार्यालयमा राखिने राप्रपाले जनाएको छ ।दिउँसो ३ बजेपछि रंगशालाबाट शवयात्रासहित पशुपति आर्यघाट पुर्याएर अन्त्येष्टी गरिने भएको छ । १९८४ मा धनकुटाको मुगामा जन्मिनु भएका थापा पंचायन र प्रजातान्त्रिक कालमा गरी ५ पटक प्रधानमन्त्री हुनुभएको थियो । संविधानसभा पार्टीको समानुपातिकतर्फका सभासद थापा संविधानसभाका ज्येष्ठ सदस्य भएकाले सभाध्यक्षको भूमिका पनि निभाउनु भएको थियो ।