तपाई काठमाडौ जादै हो ? पलाष्टिक झोला नबोक्नु होला

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २, २०७२

Plasticधादिङबेसी बैशाख २ गते । तपाई काठमाडौ जाँदै हुनु हुन्छ भने प्लायिष्टकका झोला नलैजानु होला । नयाँ वर्षको अवसर पारेर हिजो देखि काठमाडौ उपत्यकामा प्लास्टिक झोला निषेध गरिएको छ ।
प्लाष्टिक झोला प्रयोग गर्नु भएको भेटियो भने सरकारले प्लास्टिक झोका बोक्ने र बिक्री वितरण गर्नेलाई वातावरण संरक्षण ऐनअनुसार कारबाही गर्ने भएको छ ।
सरकारको निर्देशनलाई उल्लंघन गर्दै मापदण्डमा तोकिएभन्दा पातलो प्लास्टिकको झोला बोके कसुर हेरी ५० हजार रुपैयाँसम्मको कारबाही हुनेछ ।