बन्दले धादिङको जनजिवन प्रभावित

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र २४, २०७१

ddधादिङबेसी चैत्र २४ गते । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले आह्वान गरेको नेपाल बन्दले आज धादिङको जनजिवन प्रभावित भएको छ ।
संविधान लेखनमा सहमतिका लागि दबाब दिने भन्दै मोर्चाले घोषणा गरेको आम हड्तालको पहिलो दिन जिल्ला सदरमुकाम धादिङवेसी, नौबिसे, महादेवबेसी, बैरेनी, बेनीघाट लगायतका लगायत आसपासका सबै बजारहरु बन्द गरिएको छ ।
बिहानैदेखि बन्दकर्ताले नारा जुलुसका साथ यातायात, पसल, उद्योग कलकारखानाहर बन्द गराएका थिए । बन्दकर्ताले बिहान सबेरै धादिङवेसी बजारमा विभिन्न नारा लगाउँदै बन्दमा उत्रिएपछि स्थानीय बजारबासीहरुले दिनभर पसल तथा सबै उद्योग, कलकारखानाहरु बन्द भएका हुन् । तीन दिने बन्दको पहिलो दिन जिल्लामा त्यस्तो कुनै प्रकारको अप्रिय घटना घटेको छैन ।
शान्तिपूर्ण आन्दोलनको कार्यक्रम अन्तर्गत तीन दिने बन्दको कार्यक्रम आयोजना गरिएकोले तीनै दिनसम्मको बन्द शान्तिपूर्ण हुने एमाओवादी धादिङले जानकारी दिएको छ । सत्तारुढ दलहरुलाई दवाव दिन र सहमतिमै संविधान जारी गराउन आफूहरुको संघर्ष भएकोले सबै जनतालाई बन्दमा समर्थन गरेर साथ दिन समेत एकीकृत माओवादी धादिङले आग्रह गरेको छ ।
बनको पहिलो दिन धादिङमा अत्यावस्यक सेवा अन्तर्गतका सवारी साधनहरु भने निर्वाध रुपमा चलेका छन् । एम्बुलेन्स, दुध, प्रेसका सवारी साधन जस्ता अत्यावसकीय सवारी साधनहरुलाई निर्वाध ढंगले संचालन हुन दिएको माओवादी स्रोतले बताएको छ ।