जलविद्युतको शेयरमा कर्मचारीहरुको आकर्षण

Avatar photo
Dhadingpost
सोमवार, चैत्र २३, २०७१

timthumb-2सुजन प्रेमी,
नुवाकोट चैत्र २३ । माथिल्लो तामाकोशी आयोजनाले कर्मचारीहरुका लागि आह्वान गरेको शेयरमा नुवाकोटबाट १४ करोड २ लाख ५८ हजार पाँच सय रुपैयाको शेयर माग भएको छ । कर्मचारी संचयकोषका संचयकर्ताका लागि राष्ट्रिय वाणिज्य बैंक विदुर शाखामा शेयर आवेदन संकलन गरिएको थियो । नुवाकोटबाट २ हजार २ सय ६६ जनाले शेयरको लागि आवेदन दिएको बाणिज्य बैंक विदुर शाखाले जनाएको छ । विदुर शाखाबाट तीन हजारभन्दा बढी फारम विक्री भए पनि २ हजार २ सय ६६ जनाले मात्र फारम बुझाएको शाखाले जनाएको छ ।