विपक्षी ३० दलिय मोर्चाको बैठक बस्दै

Avatar photo
Dhadingpost
सोमवार, चैत्र २३, २०७१

parchandकाठमाडौं चैत्र २३ गते । एकीकृत माओवादी नेतृत्वको ३० दलिय मोर्चाको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि एकीकृत माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।
बैठकमा अहिलेको समसामयिक राजनितिक गतिविधि र सत्तारुढदलसंग भएको अनौपचारिक छलफलका बारेमा समिक्षा गरिने मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले सीआईएनलाई जानकारी दिनुभयो । अहिलेसम्मको अवस्थामा सत्तापक्षीय दलका शिर्ष नेताहरुले बहुमतिय प्रक्रियाबाट पछि हट्ने संकेत नदेखाएकोले भोलीदेखि आह्वान गरिएको आमहड्तालमा फेरबदल हुने सम्भावना कम रहेको सिंहको भनाई छ ।

यसैविच आममाफी सम्बन्धि सर्वोच्चले गरेको पछिल्लो फैसलाको विरोधमा एकीकृत माओवादीले आज देशभर विरोध प्रदर्शन गर्ने भएको छ । दिउँसो एक काठमाण्डुमा विरोध प्रदर्शन गर्नुका साथै देशका अन्य मुख्य शहरमा पनि प्रदर्शन गरिने एकीकृत माओवादीका नेताहरुले बताएका छन् ।
द्धन्दकालका जघन्य अपराधमा संलग्नलाई आममाफी दिन नसकिने र अदालतमा दायर भईसकेका मुद्धा अदालतबाटै टुङग्याउने पर्ने सर्वोच्चले परमादेश जारी गरेपछि एकीकृत माओवादीले त्यसको विरोध गर्दै निर्णय सच्याउन माग गरिरहेको छ ।