चैनपूरका महिलाले सामुहिक अदुवा तथा वेसार खेती सुरु गरे

Avatar photo
Dhadingpost
शनिबार, चैत्र २१, २०७१

Besar-Newsagro-Turmerikप्रेमबहादुर श्रेष्ठ
चैनपुर चैत्र २१ गते । स्थानीय शान्ति समिति चैनपुरको सहयोगमा चैनपूर गाउँ विकास समिति स्थित वडा नं. ७ का महिला समूहले सामूहिक अदुवा तथा वेसार खेती गरेका छन् ।
स्थानीय शान्ति समिति चैनपुरले महिला विकासका लागि आयोजना गरेको कार्यक्रम अन्तर्गत चैनपूर गाउँ विकास समितिमा गठित महिला समूहलाई अदुवा तथा वेसारको २ क्विनटल विऊ उपलब्ध गराएको थियो ।
स्थानीय महिलाहरुको आर्थिक उन्नती गर्ने हेतुले आयोजना गरिएको कार्यक्रममा चैनपुरका २४ जना महिला सदस्यहरुले सामूहिक खेती गर्ने निर्णय गरेका थिए ।
केही समय अगाडि स्थानीय शान्ति समितिले विऊ हस्तान्तरण गरेको भए पनि उक्त विउ स्थानीय कवि नारायण श्रेष्ठको बारीमा सामूहिक खेती गरिएको छ ।
सामूहिक रुपमा आयोजना गरेको खेतीले स्थानीय महिलाहरुको आय आर्जनमा वृद्धि गर्नुका साथै महिलाहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्धेश्य राखिएको छ ।