प्रभातफेरी गरी सहकारी दिवस मनाईयो

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २०, २०७१

saधादिङ चैत्र २० गते । सदरमुकाम धादिङबेसी लगायत विभिन्न स्थानहरुमा ५८ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । २०१३ सालान चितवनको शारदानगरमा नेपालमा पहिलो पटक सहकारीको स्थापना गरिएको थियो । त्यसपछि हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाइदै आइएको छ ।
सहकारी मार्फत दिगो आर्थिक विकास भन्ने नाराका साथ डिभिजन सहकारी कार्यालयको आयोजनामा निकालिएको प्रभातफेरीमा जिल्लामा रहेका विषयगत सहकारी संघका प्रतिनिधिहरु, विभिन्न सहकारी संस्थाले आ–आफ्नो व्यानरमा पोशाक सहित ¥याली निकालेका थिए ।
धादिङवेसी पुछारबजारबाट सुरु गरिएको प्रभातफेरी सहितको ¥याली बजार परिक्रमा गर्दै सितलबजार स्थित धादिङ उद्योग वाणिज्य संघ प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो ।