रसुवाको सदरमुकाममा पहिलोपटक सिसिटिभि क्यामरा जडान

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र १३, २०७१

cctvअनु आचार्य ।
धुन्चे । रसुवा जिल्लाको सुरक्षालाई चुस्त दुरूस्त वनाउन रसुवा सदरमुकाममा पहिलो पटक सिसि टिभि क्यामेरा जडान गरिएको छ । प्रहरी प्रधान कार्यलय काठमाण्डौको सहयोगमा र जिल्ला प्रहरी कार्यलय रसुवाको सक्रियतामा सदरमुकाम धुन्चे बजारका विभिन्न ६ स्थानमा सिसि क्यामेरा जडान गरिएको हो । रसुवामा रसुवागढि नाका सञ्चालनसँगै सुरक्षामा वढन् सक्ने चुनौतीलाई मध्यनजर गर्दै यसको जडान गरिएको प्रहरी नायव उपरिक्षक प्रविण पोखरेलले वताउनु भयो ।
अपराध नियन्त्रण र अनुसन्धानमा थप सहयोग पुग्ने पोखरेलले भनाई रहेको छ । हाल सदरमुकाम धुन्चेमा जडान गरिएको सिसिक्यामराले करिब २ सय ५० मिटरसम्म समेट्न सक्ने प्रहरीले जनाएको छ ।