क्रिकेट हारेपछि भारतमा तनाव

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र १२, २०७१

IND1धादिङ १२ चैत । विश्वकप क्रिकेट प्रतियोगितामा सेमीफाइनलमा अष्ट्रेलियासँग लज्जास्पद हार ब्यहोरेपछि भारतीय सडकहरुमा आगो बल्न थालेको छ । सयौं टिभी फुटेका छन् भने, सडकहरुमा प्रदर्शन भइरहेको छ ।
गया, कानपुर, गोरखपुर लगायतका स्थानमा चर्को प्रदर्शन भइरहेको भारतीय मिडियाहरुले जनाएका छन् । प्रदर्शनकारीहरुले भारतीय कप्तान महेन्द्र सिंह धोनी र विराट कोहली विरुद्ध चर्को नाराबाजी गरि रहेका छन् । धोनी मुर्दावाद्, विराट कोहली मुर्दावाद् भन्दै सडकमा उत्रिएका समर्थकहरुले खेलाडीहरुको तस्वीर सडकमै जलाएका छन् । अष्ट्रेलियासँग ९५ रनले पराजित हुँदै भारत उपाधि दौडबाट बाहिरिएको थियो । यसक्रममा सबैभन्दा अपेक्षा गरिएका खेलाडी कोहली १ रन जोडेर आउट भएका थिए । लगातार जित्दै आएको भारतले फाईनल खेल जित्ने आसा राख्दै आएका भारतिय तथा अन्य देशका खेल समर्थकहरु आज भारतको खेल देख्दा निराश बनेका थिए । तस्वीर कपि गरिएको हो ।