ताप्लेजुङ सदरमुकाममा आगलागी हुँदा ३५ घर जल्यो

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र १०, २०७१

fire taplajung 1ताप्लेजुङ, चैत १० – ताप्लेजुङ सदरमुकाममा भीषण आगलागी हुँदा ३५ घर जलेको छ । सोमबार बेलुकी साढे ७ बजेदेखि शुरु भएको आगलागीले ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको तोक्मेडाँडा क्षेत्रका झण्डै चार दर्जन घर ध्वस्त भएको हो ।
घर जलेपछि दर्जर्नौ परिवारको विचल्ली भएको छ । आगो नियन्त्रण गर्न करीब ३ घण्टा लागेको थियो आगलागीबाट कति क्षति भयो भन्ने विवरण आएको छैन ।

पूर्बेली होटलबाट आगलागी सुरु भएको आगलागीले तोक्मे क्षेत्रमा रहेका तीनवटा सरकारी कार्यालय लगायत आधा दर्जन गैर सरकारी र सयौं पसल तथा सामाजिक संघसंस्थाका कार्यालय समेत जलेका छन् ।

आगलागीले जिल्ला विकास समितिको कार्यालयको पूरानो भवन, उर्जा तथा वातावरण शाखाको कार्यालय तथा स्थानीय शान्ति समितिको कार्यालय जलेका छन् । आगलागीले नेपाल पत्रकार महासंघको कार्यालय समेत ध्वस्त भएको छ भने निलम न्यौपानेको घरमा रहेको रेडपाण्डा नेटवर्क, हिमाली संरक्षण मञ्च तथा जनमुखी कृषि सहकारी संस्थाको कार्यालय र प्रभु मनि ट्रान्सर्फर रहेको कार्यालय जलेको छ ।