आधारभूत सहकारी शिक्षा तालिम दिइयो

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ८, २०७१

धादिङबेसी चैत्र ८ गते । नीलकण्ठ नगरपालीका कार्यक्षेत्र भएको श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाले महिला शेयर सदस्यहरुलाई आधारभूत सहकारी शिक्षा तालिम दिइएको छ ।
महिला उपसमितिको संयोजक अम्विका अधिकारी (थापा) को आतिथ्यतामा शनिवार ५० जना महिला सदस्यहरुलाई तालिम दिईएको हो । तालिममा सहकारी शिक्षा सम्बन्धी गतिविधि व्यवस्थापक गोपी पसाद रिजालले सहजिकरण गर्नुभएको थियो ।