धादिङ बसपार्क अनिश्चितकालीन बन्द

Avatar photo
Dhadingpost
आइतवार, चैत्र १, २०७१

aaaaaधादिङ, चैत्र १ गते । धादिङ सदरमुकामस्थित बसपार्कलाई व्यवस्थित गर्न माग गर्दै आजदेखि अनिश्चितकालीन बसपार्क बन्द गरिएको छ ।
विभिन्न ठाउँमा राखिएका टिकट काउण्टरहरु हटाएर बसपार्कमा काउण्टर राख्नुपर्ने मागसहित बसपार्क निर्माणको लागि जग्गा दिने जग्गादाता र स्थानियले बसपार्क बन्द गराएको हो ।
बसपार्क भित्र रहेका पुराना, थोत्रा गाडिहरु हटाउनुपर्ने, ट्वइलेट, खानेपानी र सरसफाइको व्यावस्था हुनुपर्ने ।
सदरमुकामबाट छुट्ने तथा भित्रने सवै भाडाका सवारी साधनहरु बसपार्क प्रवेश गर्नुपर्ने लगायतका मागहरु पटक–पटक स्थानिय प्रसासन र संबन्धित निकायलाइ जानकारी गराइ समझदारी गरेपनि कार्यान्वयन नभएपछि वाध्य भएर बन्द गर्नु परेको स्थानियले बताएका छन् । एक वर्ष पहिला पनि चरण चरणको बन्द गर्दै जिल्ला प्रशासन र जग्गाधनीहरु बीचको बार्ता गरि वस पार्क सुचारु गरिएको थियो । यातायात व्यावसायीहरु पनि टिकट काउन्टर वसपार्क मै राख्न तयार थिए तर हाल वसपार्क टिकट काउन्टर व्यवस्थित नहुनु बसपर्क थोत्रा गाडी थन्क्याउने ग्यारेज जस्तो बन्न थाले पछि पुनः आन्दोलनमा उत्रनु परेको बताउछन् बसपार्कलाई जग्गा उपलब्ध गराउने जग्गा दाताहरु ।