परिक्षा नियन्त्रक दुवारेले धादिङका सबै केन्द्राध्यक्षलाई निर्देशन

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २९, २०७१

khधादिङबेसी फागुन २९ गते । आउँदै गरेको एसएलसी परीक्षाको लागि धादिङको तयारी व्यवस्थित र मर्यादित बनाउन परीक्षा नियन्त्रक विष्णुबहादुर दुवारेले निर्देशन दिनुभएको छ ।
चैत्र ५ गतेदेखी हुने एसएलसी परीक्षाको लागि गर्नुपर्ने सबै तयारीहरु केन्द्रको तर्फबाट पुरा भएको बताउनुहुँदै दुवारेले धादिङ जिल्लाका सबै परिक्षा केन्द्रका केन्द्रध्यक्षलाई एकै ठाउँमा राखि निर्देशन दिनु भएको हो । विगतका वर्षहरुमा पनि धादिङको परीक्षा निकै राम्रो भएको स्मरण गर्नुहुँदै परीक्षा नियन्त्रक दुवारेले धादिले शिक्षा क्षेत्रमा मारेको प्रगति राम्रो भएको उललेख गर्नुभयो । एसएलसीको परीक्षालाई आइरन गेटको रुपमा बुझ्ने कुरा गलत भएको भन्दै उहाँले आम नागरिकले एसउलसी परीक्षालाई गोल्डेन गेटको रुपमा बुझ्नुपर्ने समेत बताउनुभयो । सो अवसरमा जिल्ला शिक्षा अधिकारी गणेश ढकालले परीक्षा मर्यादित बनाउन सबै तयारी गरिएको समेत उल्लेख गर्नुभएको थियो ।
यस वर्ष जिल्ला भरीको परीक्षार्थी संख्या नियमित तर्फ ५ हजार ८ सय ६२ जनाले फारम भरेका थिए । त्यसमध्येमा६८ जना विद्यार्थी अयोग्य भनेर घोषित भएका छन् । ५ हजार ८ सय ६२ मा६८ घटाउँदा आउने संख्या ५ हजार ७ सय ९४ जना भए । ती विद्यार्थीहरुको संख्यामा खुल्ला तर्फको विद्यार्थीको संख्या पनि जोडिएको छ ।