नुवाकोटकी ब्लड क्यान्सर पिडित कौसलालाई सहयोग गरौ

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन २८, २०७१

kaushalaनुवाकोट । नुवाकोट जिल्ला खानीगाँउ गा.बि.सं.वडा नं. ४ घर भई अध्ययनको सिलसिलामा हाल काठमाण्डौं सामाखुसी बस्दै आउनुभएकी कौसला लामिछाने ब्लड क्यान्सर भई सिभिल अस्पतालको कोठा नं. २५४ बेड नं.८५ मा उपचाररत हुनुहन्छ ।
निम्न बर्गीय परिवारमा जन्मिएकी लामिछानेलाई ब्लड क्यान्सर भएसँगै परिवारले आर्थिक समस्या जुटाउन गाह्रो भएको उनकी बहिनी मेनुका लामिछानेले बताएकी छिन् । अहिले सम्म १ लाख ५० हजार रुपैयाँ लागिसकेको र अँझै कति लाग्छ भन्ने एकिन नभएकोले परिवारलाई आर्थिक जुटाउन गाह्रो भएको उनले बताइन । उनका बुबा आमा सामान्य कृषक हुन् । लामिछाने नेपाली साहित्यको गीत, गजल र कविता विधामा झण्डै एकदशक देखि सक्रीय रुपमा कलम चलाउदै आएकी छिन् । उपचारका लागि मोटो रकम खर्च हुने अस्पतालले जनाएको हुदा बिभिन्न संघसंस्था, साहित्यकारहरु, तथा कोमल र सहयोगी भाबना भएका मानिसहरुले सहयोग गर्दै आउनुभएको छ साथै यस कार्यमा यहाँहरु हरेकको सहयोगको अति आबश्यक रहेको छ । यसै कुरालाई मध्यनजर गरेर हिजो २७ गते अस्पताल परिसरमा जम्मा भएका साहित्यकारहरुको समूहले एउटा उपचार सहयोग समिति गठन गरेको छ ।संकलीत रकमलाई पारदर्शी ढंगले उपचारमा खर्च गर्नका लागि राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय टेकुमा खाता खोलिएको छ । सहयोग गर्न चाहनुहुने जो सुकै महानुभाबहरुले कौशला लामिछाने उपचार सहयोग समितिको नाममा च.हि. १७००००१८२२०१ मा राष्ट्रिय बाणिज्य बैंकको जु्नसुकै साखाहरुबाट रकम जम्मा गरिदिन सक्नुहुनेछ । साथै बिदेशबाट रकम जम्मा गर्नका लागि swift : RBBNPKA
सेवा नै धर्म हो । हाम्रो सानो सहयोगले कसैको जीबन रक्षा हुन्छ भने खुसी मनले सकेको सहयोग गरौं