चिनियाँ भाषाका २ शिक्षकलाई विदाइ, विदाई गर्दा प्रिन्सिपल रोए

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २७, २०७१

1 copy2 copyधादिङबेसी फागुन २७ गते । विगत एक वर्ष देखि चानियाँ भाषाको पढाई थालेको एड्भान्स एकेडेमीले चिनियाँ भाषाका २ स्वयमसेवक शिक्षिकालाई विदाई गरेको छ ।
विद्यालय प्राङ्गणमा एक भव्य कार्यक्रम गरि आज चिनियाँ भाषा पढाउँदै आएका दुई शिक्षिका Echo Hu र Virginian लाई विद्यालयले विदाई गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा कार्यलयका प्रतिनीधि एवम् नीलकण्ठ श्रोत केन्द्रका श्रोत व्यक्ति इश्वर कुमार श्रेष्ठले धादिङ जिल्लाका एड्भान्स एकेडेमीले चिनियाँ भाषा पढाउन सुरु गरि उदाहरणीय काम गरेको बताउनु भएको थियो ।
विद्यालयका प्रिन्सिपल गेविन्द बुढाथोकीले धादिङ जिल्लाबाट प्रतिनधित्व गर्दै विद्यार्थीहरुलाई चिनियाँ भाषा पढाउन पाएकोमा खुसी व्यक्त गर्नु भएको थियो । एक बर्ष लगातार चिनियाँ भाषा पढाई सहयोग गर्ने शिक्षिकालाई विदाई मन्तव्य दिदै गर्दा प्रिसिपल बुढाथोकीले स्टेजमै आशुँ झार्नु भएको थियो, भने कार्यक्रममा उपस्थित विद्यार्थी अभिभावक शिक्षकहरु समेत विछोडको पिडामा नरमाईलो मानि रहेको देन्खिथ्यो । कार्यक्रममा विद्यार्थी विशाल कोईराला र सुमित्रा श्रेष्ठले चिनियाँ भाषा बाटै विदाई मन्तव्य राखेका थिए ।
सो अवसरमा विदाई हुँदै गरेका शिक्षिका Echo Hu र Virginian ले कक्षा ३ देखि ८ सम्मका प्रत्येक कक्षाका चिनियाँ भाषमा प्रथम हुने विद्यार्थीलाई प्रमाण पत्र समेत प्रदान गरेका थिए ।
विद्यालयका कार्यकारी निर्देशक विष्णु कोईरालाले चिनियाँ भाषामा कक्षा संचालनको लागी चिनियाँ इन्टरनेसनल भोलेन्टीएर अर्गनाइजेशनले चिनियाँ राजदुताबासको सहयोगमा नियमित प्रत्येक वर्ष नयाँ शिक्षक पठाउने जानकारी दिदै अब नयाँ शिक्षक बैशाख १५ गते देखि विद्यालयमा हाजिर हुने जानकारी दिनु भएको थियो । विद्यालयका शेर धनी एवम् कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ गोर्खालीको सभापतित्वमा सम्पन्न विदाई कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय कोषध्यक्ष नारायण कुमार श्रेष्ठ, रेडियो बिहानीका स्टेशन म्यानेजर नारायण सिलवाल, प्रेस चौतारीका केन्द्रिय सदस्य केशव अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।