अष्ट्रेलियामा अध्ययनरत व्लड क्यान्सर पिडित पौडेललाई सहयोगको आग्रह

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २०, २०७१

शिशिर सिंखडा
चितवन, फागुन २० गते । अष्ट्रेलियामा अध्ययनरत पुर्वी चितवनको जुटपानी ७ सुर्यपुरका उज्वल पौडेललाई व्लड क्यान्सर भएकाले उपचारका लागी आर्थिक ujwal  1सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् । एक वर्ष अगाडी विद्यार्थी भिसामा अध्ययनका लागी अष्ट्रेलियाको ब्रिसवेन शहर पुगेका २० वर्षिय पौडेल अहिले व्रिसवेनको अस्पतालमा उपचाररत छन् । व्लड क्यान्सर भएका पौडेलको उपचार गर्न नेपाली १ करोड रुपैया भन्दा वढि लाग्ने अस्पतालले जनाएको उज्वलका बुवा डम्वर पौडेलले जानकारी दिनुभयो । वोन म्यारो प्रत्यारोपण वाहेक सामान्य उपचार त्यहाँको स्वास्थ्य विमा कम्पनीले गरिदिने भएपनि महंगो शुल्क भने आफैले वेहोर्नु पर्ने भएकाले समस्या परेको पौडेलले वताउनुभयो ।घरको आर्थिक अवस्था कमजोर रहेकाले त्यति ठुलो रकम जुटाउन समस्या भएको र छोराको जीवन रक्षाका लागी सहयोगको अपेक्षा गरिएको उज्वलकी आमा लिला पौडेलले सवैमा आग्रह गर्नुभयो । उज्वलको उपचारका लागी गैर आवासीय नेपाली संगठन अष्ट्रेलिया र क्वीन्सल्याण्ड शहरको नेपाली संगठनले पनि सहयोगका लागी सवैसंग अनुरोध गर्दै आर्थिक संकलन थालिएको जनाएको छ । रिंगटा लागी अस्पतालमा जचाउन पुगेका उज्वलको रगत परिक्षण गर्दा व्लड क्यान्सर भएको त्यहाँको अस्पतालले वताएको वुवा डम्वर पौडेलले वताउनुभयो । उज्वललाई सहयोग गर्न चाहनेले उनका बुबा डम्वर पौडेलको मोवाईल नम्वर ९८४५१३९५७८ मा सम्र्पक गर्न सक्नु हुने छ ।