छात्राहरुको राष्ट्रिय किक्रेटको उपाधी क्षेत्र नम्वर ७ जनकपुरलाई

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २०, २०७१

सर्लाही । वाई वाई यू–सिक्सटीन अन्तर विद्यालय छात्रा राष्ट्रिय किक्रेट प्रतियोगिताको उपाधी क्षेत्र नम्वर ७ जनकपुरले हात पारेको छ । सर्लाहीको हरिवनमा आज सम्पन्न फाईनल खेलमा क्षेत्र नम्वर ९ कन्चनपुरलाई १० रनको झिनो अन्तरले पराजीत गर्दै जनकपुरले उपाधी उचालेको हो । टस जितेर पहिले ब्याटिङ् गरेको जनकपुरले निर्धारित २० ओभरमा ४ विकेट गुमाई एक सय १५ रन बनाउन सफल भयो ।
प्रतियोगितामा जनकपुरकी ममता चौधरीले सर्वाधिक ४४ रनको योगदान गरिन । दोस्रो स्थानमा चित्त बुझाउन बाध्य कन्चनपुरले जवाफमा २० ओभरमा ३ विकेट गुमाई एक सय ५ रन मात्र बनाउन सक्यो ।
जीत सँगै जनकपुरले २५ हजार नगद हात पारेको छ भने कन्चनपुरले १५ हजारमा चित्त बुझाउनुपर्यो । साथै पहिलो र दोस्रो हुने दुवै टिमलाई शिल्ड, कप र प्रमाण पत्र समेत प्रदान गरिएको सर्लाही किके्रट संघका अध्यक्ष निरज कार्कीले जानकारी दिनुभयो । किके्रट विकास परिषद्को आयोजनामा फागुन १२ गते देखि सूरु भएको प्रतियोगितामा राष्ट्रिय स्तरका ९ वटा टिमले सहभागिता जनाएका थिए ।