आज र भोलि, होलि पर्बमा स्वाइनफ्लुको जोखिम्

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २०, २०७१

rudraधादिङ फागुन २१ गते । आपासमा रङ दलेर, खेलिने होलि पर्बमा स्वाइनफ्लुको जोखिम बढि हुुने भएकाले सर्तकता अपनाउन चिकित्कहरुले सुझाएका छन् । रुघाखोकीको लक्षण भएकाहरु सकेसम्म जमघटमा नजान र मास्क लगाउन भनिएको छ । नेपाल र भारत सिमा क्षेत्रमा पर्व मनाउने मानिसहरुको विषेश जमघट र ओहोर दोहोर हुने भएकाले पनि भारतमा फैलिएको स्वाइनफ्लु नेपालीहरुमा सर्ने बढि जोखिम रहेकोले सर्तकता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
जबरजस्ती गर्नेलाई सार्वजानिक ऐन अन्तरगत २४ दिनसम्म थुनामा राख्न सकिने कानुनी ब्यवस्था छ । जबर्जस्ती रङ दल्ने, बटुवालाई लोला हान्ने, फोहर पानी छयाप्ने तथा महिला, बालबालिका लगायत बटुवालाई दुःख दिनेजस्ता काम नगर्न मन्त्रालयले आह्वान गरेको छ ।