जिल्ला स्तरीय खाद्यन्न बाली सम्बन्धी तीनदिने तालिम सकियो

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २०, २०७१

makai-rpodaiधादिङ फागुन २० गते । अगुवा कृषकहरुलाई दिएको जिल्ला स्तरीय खाद्यन्न बाली सम्बन्धी तीनदिने तालिम मंगलबार सकिएको छ । जिल्ला कृषि विकास कार्यलय धादिङले दिएको तालिमको आज एक कार्यक्रमका बीच समापन गरिएको छ । खाद्यन्न बाली अन्र्तगत मकै र धान खेतीका बारेमा धादिङ जिल्लाभरका १८ जना किसानहरुलाई तालिम दिइएको हो ।
तालिममा धादिङको नीलकण्ठ नगरपालिका सहित त्रिपुरेश्वर, वैरेनी, तसर्पु, मैदी, सेर्तुङ लगायतका गाँउ विकास समितिका किसानहरुको सहभागीता रहेको थियो । तालिममा धान र मकै खेती गर्ने तरिकाहरु, समस्याहरु, बीउ उत्पादनका प्रविधिका विषयमा जानकारी गराइएको थियो ।