सहमतिमा संविधान बन्ने शुसिल प्रचण्डको उदघोष

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १९, २०७१

susil prachandaचितवन फागुन १९ गते । प्रधानमन्त्री सुशिल कोइराला र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज एकै सभामार्फत सहमतिबाट संबिधान जारी हुने उदघोष गर्नुभएको छ । पश्चिम चितवनको शिबनगर स्थित नारायणी बिद्या मन्दिर उच्च माबिको स्बर्णमाहोत्सबको संयुक्त उदघाट पछि प्रधानमन्त्री कोईराला र अध्यक्ष प्रचण्डले जनचाहाना अनुरुप छिटै दलहरुको बिचमा सहमति भई संबिधान बन्ने दाबी गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री कोईरालाले सबै जनताको चाहना अनुरुपको संबिधानका लागि आन्दोलनरत दलहरु संग छिटै सहमति हुने बताउनु भयो । त्यस्तै कार्यक्रममा प्रचण्डले केही दिन भित्रै दलहरुको बिचमा संबिधान निर्माणको बिषयमा सहमति हुने कुरामा आफु बिश्बस्त रहेको बताउनु भयो । प्रधानमन्त्री कोईरालासंग मञ्चमा अनौपचारिक छलफल भएको उल्लेख गर्दै उहाले प्रधानमन्त्री पनि सकरात्मक देखिएकाले छिटै सहमति हुनेमा विश्वस्त रहेको बताउनु भएको थियोे ।
यसैबीच एकीकृत एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशिल कोईराला र आफूले संयुक्तरुपमा एउटै कार्यक्रम उद्घाटन गर्दा सहमतिको लागि सकारात्मक सन्देश गएको दाबी गर्नुभएको छ । प्रचण्डले अध्ययन गरेको चितवनको नारायणी विद्या मन्दिर उच्च माविको स्वर्ण जयन्तीको कार्यक्रमको आज प्रचण्ड र प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विपक्षी दलको नेता र प्रधामन्त्री कोइरालाले कार्यक्रमको संयुक्त उद्घाटन गर्नु सकारात्मक भएको भन्दै आफू पढेको विद्यालयमा प्रधानमन्त्री आएकोमा खुशी पनि व्यक्त गर्नु भएको थियो ।