रेडक्रस धादिङ शाखाले श्रावण देखि यता ९३ जनालाई राहत बाँढ्यो

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन १८, २०७१

red crassधादिङबेसी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले आठ महिनाको अवधिमा ९३ जनालाई राहत वितरण गरेको छ ।
जिल्लामाभर रहेका स्थानीयहरुमध्ये विभिन्न समयमा प्रकोपमा परेकाहरुलाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत उक्त सहयोग गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धाादिङले जानकारी दिएको छ । विभिन्न समयमा भएको प्राकृतिक प्रकोपमा परेर समस्यामा पर्नेहरुलाई नेपाल रेडक्रस सोसार्यटी प्रकृतिक प्रकोप उद्धार कोषले विगत लामो समयदेखी सहयोग गर्दै आईरहेको छ । स्थानीय स्तरमा घटेका विभिन्न घटनाक्रममा स्थानीय रेडक्रस उपशाखा नजिकको प्रहरी चौकी र विभिन्न संघ संस्थाको सिफारीसको आधारमा अनुगमन गरी घटनाको यकिन जानकारी लिएर मात्रै जिल्ला शाखाबाट सहयोग प्रदान गरिने गरिएको रेडक्रम जिल्लाशाखा धादिङका कर्मचारी शुसिला श्रेष्ठले बताउनुभयो ।
साउन देखी यता भएको प्रकोपमा साउन महिनामा २१ जना, भदौंमा २२ असोजमा २४ जनालाई राहत सहयोग गरेको विवरण जिल्ला शाखामा राखिएको छ । असोम महिना भन्दा पछाडि भने क्रमिक रुपमा कार्तिमा ३ जना, मंसिरमा १० जना, पुष महिनामा ९ जना र फागुनमा ४ जनालाई राहत वितरण गरिएको रेडक्रस धादिङले जानकारी दिएको छ । जो मान्छे प्रकोपमा परेको हो उसलाई सजहै राहत उपलब्ध गराउने गरिएको रेडक्रस धादिङका कर्मचारी नवराज पोखरेलले बताउनुभयो ।