मोहन बैद्य नेतृत्वको माओवादीले ११ बुँदे ज्ञापन पत्र बुझायो

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन १८, २०७१

धादिङबेसी । नेकपा–माओवादी धादिङका नेताहरुले आज जिल्ला प्रशासनको कार्यालय धादिङमाज्ञापन पत्र बुझाएका छन् ।
प्रमुख जिल्ला अधिकारी मार्फत वुझाइएको ज्ञापनपत्रमा आत्मनिर्णयको अधिकार सहितको समानुपातिक, समावेसी प्रतिनिधित्व हुने गरी पुर्ण समानुपायितक निर्वाचन प्रणाली, पहिचान सहितको संघीयता घोषणा गर्न समेत माग गरेको छ ।
सरकारले १९५० लगायतको विभिन्न वेला गरेको सन्धी सम्झौता खारेजी, सहिद वेपत्ता परिवारका सदस्यलाई उचित राहतको व्यवस्था गर्न समेत माग गरिएको छ ।
महिलाहरुलाई विशेष अधिकार, शिक्षा स्वास्थ्य र रोजगारीलाई मौलिक हक बनाउन र मुलुकमा व्यप्त भ्रष्टाचार रोक्न समेत माग गरिएको नेकपा माोवादी धादिङका इन्चार्ज शिव श्रेष्ठले बताउनुभयो । मुलुकको तरल राजनीतिक संकटको अन्त्य गर्न आफूहरुले सरकारलाई सुझाव दिएको भन्दै नेता श्रेष्ठले सरकार जनताको पक्षमा काम गर्न नसक्ने भए कुर्सिमा वस्नुको कुनै तुक नभएको समेत उहाँले बताउनुभयो ।