देशभर वर्षा र हिमपात, भोलिदेखि सुधार आउने अनुमान

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन १८, २०७१

aaaaधादिङबेसी फागुन १८ । हिजो बाट लगातार पानी परिरहे पछि धादिङका किसानहरु चिन्तित बनेका छन् । मुखमा आएको आलु कुहिने भो बर्वात भो भन्छिन् धादिङबेसीमा आलु खेती गरेकी जमुना थापा । आलु उम्रेपछि रोग डडुवा रोगले सतायो बल्लबल्ल डडुवाबाट जोगाएर फलाएको आलु पनि कुहिने भो थापाले चिन्ता व्यक्त गरिन् । वर्षदको कारण धादिङका ग्रामिण क्षेत्रमा चलने कुनै पनि सभावरी साधनहरु चलेका छैनन् । हिजो दिनभर देश भर भएको वर्षा आज पनि राजधानीलगायत देशका अधिकांश भूभागमा भइरहेको छ । अरब सागरबाट आएको पश्चिमी वायु र न्यूनचापिय प्रणाली एकआपसमा भेटिंदा यो समयमा वर्षा भएको हो । वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा हिमपात नै भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले नेपालका पश्चिमी क्षेत्रमा वर्षा भएको हो । वर्षा भोलि बेलुका अथवा पर्सीदेखि कम हुने अनुमान पनि महाशाखाले गरेको छ ।