१६ गते काठमाडौ हुने जनसभामा जान निर्देशन

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १५, २०७१

puspa bikram mallaधादिङबेसी,फागुन १५ गते । एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा धादिङ जिल्ला आन्दोलन परिचालन समितिका संयोजक पुष्पविक्रम मल्लले १६ गते काठमाडौमा हुने विरोध प्रदर्शमा सहभागि हुन् निर्देशन दिनु भएको छ ।
एकीकृत माओवादी नजागे देश दुर्घटनामा जाने भएकोले एमाओवादी सहितको मोर्चाले आन्दोलन गर्न लागेको बताउनु भएको छ । आज धादिङवेसी स्थित जिल्ला पार्टी कार्यालयमा सहिद सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै मल्लले कार्यकर्ताहरुलाई निर्देशन बताउनु भएको हो । नेता मल्लले महान् सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरुको बलिदानबाट देशमा धेरै ठूलो उपलब्धी भएको बताउनु भयो । सहिदको बलिदानबाट प्राप्त उपलब्धी गुम्ने खतरा रहेको पनि उहाको भनाई थियो । नेता मल्लले उत्पीडित जनताले अपनत्व गर्ने संविधान आवश्यक रहेको रहेको भन्दै माओवादी पार्टी त्यसको लागि तयार रहेको उललेख गर्नुभयो ।
काँग्रेस र एमाले आफैंले गरेको हस्ताक्षरलाई उल्टाउने प्रयत्न गरेको उहाँको भनाई थियो । नेता मल्लले भन्नुभयो, ‘हिजो स्वीकार गरीसकिएको सहमति उल्टाईएको छ, सहमति उल्टाउने उनीहरुलाई कुनै अधिकार छैन ।’ उहाँले भन्नुभयो, सहमति उल्टाए जनतालाई पनि बिद्रोह गर्ने अधिकार छ । संविधान सभालाई शान्ति सम्झौता भन्दा बाहिर गएर संविधान जारी गर्ने अधिकार नभएको समेत उहाँले बताउनु भयो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले आन्दोलनमा जानुको बिकल्प नभएको बताउँदै आन्दोलन रहर नभएर बाध्यता भएको उल्लेख गर्नुभयो । ‘फागुन १६ गतेको आन्दोलनमा धादिङका हजारौं जनता सहभागि हुने समेत उहाँले दावी गर्नुभयो । बलिदान दिवसको अवसरमा जनताका अधिकार प्राप्त नभए आफूहरु बलिदान दिन पनि तयार रहेको उहाँको भनाई थियो ।
आजबाट एकीकृत माओवादीले देशभर बलिदान दिवस तथा सहिद सप्ताहको कार्यक्रम एक हप्तासम्म मनाईने भएको छ । एमाओवादी केन्द्रीय कार्यालय तथा देशभरका जिल्ला कार्यालयहरुमा सहिदहरुका तस्वीर एक हप्तासम्म राखिने कार्यक्रम रहेको छ । २०५२ साल फागुन १४ गते सहादत प्राप्त गर्नुहुने दीलबहादुर रम्तेल र फागुन २१ गते सुखानीमा सहादत प्राप्त गर्नुहुने सुखानीका महान् सहिदहरुको तस्वीरमा माल्यार्पण गर्दै आज सहिद सप्ताहको कार्यक्रमको सुरुवात गरिएको छ ।