जिल्ला अदालत धादिङले अनलाईन सुरु गर्यो

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन १३, २०७१

lalधादिङबेसी । जिल्ला अदालत धादिङले जनताहरुलाई कानुनी परामर्श सहजै उपलब्ध गराउने उद्देश्यका साथ आजदेखी अनलाईन सेवा सुरु गरेको छ ।
एस एम एस र अनलाईनको माध्यमबाट सेवा ग्रहीहरुलाई म्याद, तामेली र तारेख लागाएतका सेवाका बारेमा जानकारी दिन सुरु गरिएको हो । सुचना प्रविधिको प्रयोग अदालती काम कारवाहीमा उपयोग गर्ने र जनताहरुलाई सहजै कानुनी सेवा सुविधाहरु दिनका लागी अनलाईनबाट कानुनी परामर्श सेवा समेत सुरु गरेको हो ।
अनलाईनबाट सोवा दिँदा दुरदराजका सेवा ग्रहीहरुलाई समेत आफ्ना अदालती कामका बारेमा सहजै सुचना पाउन सक्ने र सेवाग्राही र कार्यालयका काममा सोत छिटो हुने समयको बचतका साथै थोरै जनशक्तीले पनि कार्यालयको काम संम्पादन गर्न सक्ने भएकोले यो सेवा उपायोगी हुने पुनरावेदन अदालत पाटनका मुख्य न्यायाधीश गिरीराजमणी पौडेलले जानकारी दिनु भयो ।
सुचना प्रविधिको प्रयोग अदालती काम कारवाहीमा प्रयोग गर्दा जनशक्ति समेत कम लाग्नुका साथै अदालतलाई सेवा ग्रहीहरुले हेर्ने पुरातनबादी सोंच समेत हट्ने मुख्य न्यायाधीस पौडेलले बताउनु भयो । यसको माध्यबाट कामको सुरुवात गर्दा अदालतमा कगज विहिन हुने र जस्का कारण खर्च समेतमा कमी आउने विश्वास लिईएको छ ।
सो अवसरमा जिल्ला विकास समिति धादिङको आयोजनामा भएको स्थानीय तहको सेवा प्रवाह र प्रशासन सुधार सम्बन्धी अन्तक्रिया तथा छलफल कार्यक्रममा बोल्नुहुँदै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले देशमा संगठित रुपमा भ्रष्टचार बढेकोमा भन्दै दुख व्यक्त गर्नुभयो ।
प्रशासनमा सुधार आवश्यक रहेको बताउँदै मन्त्री पण्डितले त्यसका लागि नयाँ प्रशासनिक संरचना आवश्यक परेको बताउनुभयो । सुविधा खोज्ने तर कर्तव्य निर्वाह नगर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने मन्त्री पण्डितको भनाइ छ । गलत क्रियाकलाप गर्नेलाई कसैले दयामाया राख्न नहुने बताउनुभयो ।
कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा. सोमलाल सुवेदी, प्रशासनिक सुधार समितिका संयाजक काशिराज दाहाल लगायतले सेवा प्रवाहमा इमान्दारितको खाँचो रहेकोमा जोड दिनुभएको थियो ।