प्रकाश माविको ५८ औं वार्षिक उत्सव सकियो

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन १३, २०७१

3धादिङ खाल्टे । खाल्टे गाउँ विकास समिति वडा नं. ९ काउलेमा रहेको प्रकाश माध्यमिक विद्यालयले ५८ औं स्थापना दिवसमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयले गत ६ गतेदेखी विभिन्न अतिरिक्त क्रियाकलाप सहित विभिन्न साँस्कृतिक कार्यक्रम र खुल्ला भलिवल प्रतियोगिता सम्पन्न गरेके हो ।
साताव्यपी संचालन गरिएको प्रतियोगिताको आज एकीकृत माओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।
वार्षिक उत्सव कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो । कार्यक्रमम भैरवी उच्च माध्यमिक विद्यालयके स्रोतव्यक्ति कृष्णराज अधिकारी, रेडियो विहानीका स्टेशन म्यानेजर नारायण सिलवाल, लगायत छिमेकी विद्यालयका प्रधानाध्यापकहरु विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको समेत आतिथ्यता रहेको थियो ।
सो अवसरमा आयोजित खुल्ला भलिवल प्रतियोगितामा मेदोफोले युवा क्लव वि प्रथम भएको छ । तीन दिनसम्म संचालन भएको भलिवल प्रतियोगितामा जलदेवी युवा क्लव वी लाई पछि पार्दै मेन्दोफोले युवा क्लव प्रथम भएको थियो । प्रतियोगितामा जलदेवी युवा क्लव वी दोस्रो र सरस्वती उच्च माध्यमिक विद्यालयको समूह तेस्रो भएका थिए ।
विद्यालयको वर्षिक उत्सवको अवसरमा वार्षिक उत्सवको अवसरमा चकलेट दौड, डज बल प्रतियोगिता, फुटवल प्रतियोगिता लगायतको प्रतियोगिता सम्पन्न गरिएको थियो ।
आज सम्पन्न भएको भलिवल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय भएका समूहहरुलाई क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । सो अवसरमा विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा विजयी सबै विद्यार्थीहरुलाई विभिन्न स्टेशनरी सामग्रीले पुरस्कृत गरिएको थियो ।