कोटबाडा हत्या काण्डको सम्झना गर्दै जोगिमारामा स्मृति दिवस सम्पन्न

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन ११, २०७१

jogimaraधादिङ, चरौदी फागुन ११ गते । एकीकृत नेकपा माओवादी धादिङले १४औं स्मृती मजदुर बलीदानी दिवस मनाएको छ । ०५८ सालमा कालिकोटस्थित कोटवाडा विमानस्थल निर्माणमा खटिएका जोगीमारा ५ हेक्राङका १७ मजदुर राज्य पक्षबाट मारिएको सम्झनामा एकीकृत माओवादीले स्मृती दिवस मनाएको छ ।
०५८ फागुन १२ गते कालिकोटको कोटबाडामा माओवादीको आशंकामा सेनाको आक्रमण्ँमा जोगिमाराका सानुकान्छा चेपाङ, रामबहादुर चेपाङ, विकास चेपाङ, शेरबहादुर चेपाङ, कुम्ले चेपाङ, चित्रबहादुर (तिलु) चेपाङ, दिलबहादुर चेपाङ, बुद्धराज चेपाङ, टंकबहादुर गुरुङ, गोकण गुरुङ, ज्ञानबहादुर थापा, मञ्जु थापा, टेकबहादुर विक, सानुकान्छा (सूर्य) विक, राजकुमार विक, राजकुमार श्रेष्ठ, काभ्रे दोलालघाटका प्रेम (माइला) तामाङ, काभ्रे सानोबाङथलीका पासाङ तामाङ, रामेछाप नागदहका हर्कबहादुर तामाङ र ताकुकोट गोरखाका कुमार बरामको हत्या गरिएको थियो ।
दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला समिति धादिङले जोगिमारा गाउँ विकास समिति स्थित पार्टी कार्यालयमा सभाको समेत आयोजना गरेको थियो । अखिल नेपाल ट्रेड युनियन महासंघ धादिङका अध्यक्ष बद्री सुवेदीको अध्क्षतामा सम्पन्न कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सचिव राजकुमार लामा, लगायत सहिद परिवार, वेपक्त परिवार, घाईते अपांगहरुको समेत उपस्थिति रहेको थियो थियो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा आन्दोलन परिचालन समिति धादिङका संयोजक पुष्पविक्रम मल्लले माओवादी पार्टीले सहित तथा वेपत्ताले देखाएको बाटो नभुल्ने बताउनुभयो ।
सहिद तथा वेपत्ताजन नै एकीकृत माओवादी पार्टीको मार्ग निर्देशक भएको उहाँको भनाई थियो । कार्यक्रममा नेता मल्ल लगायतका अतिथिहरुले सहिद, वेपत्ताका परिवार तथा धाईते अपांग भएकाहरुलाई नगद सहित सहयोग सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
मजदुरीका लागि कालिकोट जिल्लाको कोटवाडा गाविसको सुन्थराली विमानस्थल निर्माणमा संलग्न रहेको बेला सुरक्षाफौजवाट १७ जना र देशका अन्य जिल्लाका गरी ३५ जना मजदुरलाई माओवादी भन्दै २०५८ फागुन १२ गते गोली हानी हत्या गरिएको थियो । हत्या भएका सबैजसो धादिङका अति विपन्न चेपाङ र एक दलित परिवारका सदस्यहरु रहेका थिए ।