अग्रणी सहकारीको साधारणसभा सकियो

Avatar photo
Dhadingpost
शुक्रबार, माघ १६, २०७१

agraniधादिङबेसी । अग्रणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा आज धादिङवेसीमा सम्पन्न भएको छ । सहकारी संथाका अध्यक्ष विष्णुप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा राष्ट्रिय सहकारी विकास बोर्डका संचालक समिति सदस्य सिताराम कोइरालाको प्रमुख आतिथ्यता रहको थियो । साधारणसभामा जिल्ला सहकारी संघ धादिङका अध्यक्ष नेत्र पौडेल, जिल्ला स्थित विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, शेयर सदस्य तथा संचारकर्मीहरुको समेत आतिथ्यता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सिताराम कोईरालाले उत्पादन, रोजगार तथा आर्थिक समृद्धिको लागि सहकारी क्षेत्रले महत्वपूर्ण भूमीका खेलेको बताउनुभयो । प्रमुख अतिथि समेत रहनुभएका कोइरालाले सहकारीको मूल्य मान्यतामा आधाति रहेर काम गर्न समेत अनुरोध गर्नुभएको थियो । राष्ट्रिय सहकारी विकास बोर्डले सहकारीको विकास र समृद्धिको लागि सक्दो सहयोग गर्ने बताउनुभएको थियो विभिन्न ऐन सुधार गर्न समेत सिफारिस गरेको समेत उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा जिल्ला सहकारी संघ धादिङका अध्यक्ष नेत्र पौडेलले संस्थाको उद्देश्य र लक्ष्य अुनसार संस्था अगाडि बढे नबढेको ख्याल गर्न आग्रह गर्नुभयो । सहकारी संस्थामा कुशल, क्षमतावान तथा इमान्दारी नेतृत्वको खाँचो रहने बताउँदै अग्रणी सहकारीले पनि कुशल नेतृत्व पाएको उल्लेख गर्नुभयो । साधारणसभामा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुले सफलताको शुभकामना दिएका थिए । २५३ जना शेयर सदस्य रहेको सहकारीले आर्थिक वर्ष २०७०÷०७१ मा ९० लाख ७२ हजार ९ सय १२ रुपैयाँ कारोबार गरेको र संस्थाले २८ लाख २० हजार ३ सय रुपैयाँ शेयर पूँजी जम्मा भएको जानकारी दिएको छ । सहकारी संस्थाले युवा स्वरोजगार कोष लगायत अन्य विविध कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।