त्यसै जादैं माघ ८ गते, संविधान निर्माण अन्यौलमा

Avatar photo
Dhadingpost
बिहिबार, माघ ८, २०७१

sambidhanमाघ ८ काठमाडौं । आज माघ ८ गते दलहरुको घोषणा गरे अनुसार संविधान जारी गर्ने दिन, तर संविधानका अन्तरवस्तुमा सहमति हुन नसक्दा संविधान जारी हुने संभावना टरेको छ । प्रमख तीन दल कांग्रेस एमाले र एकीकृत माअ‍ेवादीसँगै संििवधानसभामा सहभागी अन्य दलले पनि संविधानसभाको दोस्रो चुनावमा भोट माग्न बनाएको घोषणा पत्रमा एक वर्षभित्र संविधान बनाउने भाका आज सकिदैछ । तर दलहरुबीचकै विवादका कारण दोस्रो संविधानसभा पनि संकटमा परेको छ ।
कांग्रेस एमालले प्रश्नावली निर्माण समिति गठनका सभाअध्यक्ष सुवासचन्द्र नेम्वाङलाई दवाव र सहमतिमै संविधान जारी गर्नुपर्ने एकीकृत माओवादीसहितका दलहरुको अडानका कारण संविधानसभा अन्यौलमा परेको छ । विपक्षीको विरोधले संविधानसभामा कार्यसूची प्रवेश हुन नपाउँदा संविधानसभा र संविधानसभा निर्माण प्रक्रिया लगातार अवरुद्ध भईरहेको छ । आज बिहान ११ बजेका लागि संविधानसभा बैठका डाकिएको छ ।
संविधानसभा भवनमा हिजो बसेको बैठकमा सभासद गोपालसिंह बोहोरको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । तर हिजो पनि एकीकृत माओवादी लगायतका दलले नाराबाजी गर्दै विरोध जनाएपछि आज फेरी संविधानसभा बैठक बस्न लागेको संसद सचिवालयका सहप्रवत्ता सुदर्सन कुइकेलले सीआईएनलाई जानकारी दिनुभयो ।
हिजोको बैठकमा संविधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङले संविधान जारी गर्न नसके जनतालाई के भन्ने भनेर सभासदहरुको ध्यानाकर्षण गराउनुभएको थियो । सोमबार मध्य रातमा संविधानसभा भित्र तोडफोडपछि संविधानसभाको बैठक प्रभावित हुदै आइरहेको छ ।