बेनीघाट रोराङ गाउँपालिकाद्वारा चिउरी खरीद सुरु

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २९, २०८२

धादिङ । धादिङको बेनीघाट रोराङले चिउरी खेती गर्ने किसानलाई उत्पादित चिउरी गाउँपालिकालाई बेच्न आग्रह गरेको छ ।

पालिकाका सूचना अधिकारी परशुराम घिमिरेका अनुसार प्रति केजी रु.५० मा पालिकाले खरिद गरि रहेका छौं । खरिद गरिएको चिउरी नर्सरीको लागि प्रयोग गर्ने र धेरै मात्रमा आयो भने चेपाङ संघको सहकार्यमा वियाँबाट घिऊ बनाई बजार पठाईने छ ।

विगत केहि वर्ष देखि पालिकाले किसानको माग अनुसार चिउरीको विरुवा खरीद गरि नि:शुल्क वितरण गर्दै आएको छ अब आफै विरुवा उत्पादन गरि किसानलाई विरुवा दिईने सूचना अधिकारी घिमिरेले बताए ।