अमेरिकी माहात्म्य एक्काइसौं अध्याय

Avatar photo
Dhadingpost
बिहिबार, माघ १, २०७१

salikgram aryalअर्यालजी आज्ञा गर्नुहुन्छ , हे भवानी लगाएतका हिजो एक्काइसौं अध्यायको वर्णन सुन्न चाहने सम्पूर्ण जिज्ञासु एवं गफाडी नेपाली पन र मनहरु हो, आज एक्काइसौं अध्यायमा यहाँहरुकै ईच्छा मुताविक यो पाताललोकका बृद्ध-बृद्धाहरुको सङ्क्षिप्त जानकारी दिन खोज्दैछु, एकचित्तभै ध्यान दिएर सुन्नु होला ।
यहाँ ६५बर्श उमेर पुगेका नागरिकलाई बृद्ध-बृद्धा मान्ने र उनीहरुलाई माशिक ४०० डलर भत्ता दिइदोरहेछ । उनीहरुलाई यातायात खर्छ पूर्ण मिनाह गरिंदो रहेछ । छोरा-छोरीहरु २१ बर्ष उमेर पुगेपछी आफ्नै काम र पेशाबाट पालिनुपर्ने अनिवार्य हुनेहुँदा छुट्टै घर-अपार्टमेण्टमा रही बा-आमालाई ईच्छा अनुसार रेख देख गर्न सकिने रहेछ । यदि छोरा छोरीले बा आमालाइ रेखदेख गर्न नचाहेमा वा नगरेमा स्वत: राज्यद्वारा सम्पूर्ण पालन पोषण, औश्धोपचार, अन्त्यश्ठी आदि सबै गर्ने रहेछ । आफुले पालेको भन्दा कम नहुने र आफुलाई छोरा छोरी हुर्काउन गाह्रो हुँदा प्राय: सबैनै राज्यबाटनै पालित भएको पाएँ । २१ बर्स माथी वा कलेज जीवन अनुशासनका दृष्टिबाट अत्यान्त कडाइ भए पनि आर्थिक हिसाबले निकै सुविधाजनकनै रहेछ । किनकी महंगो कलेज खर्च भए पनि चाहेजती पढ्नलाई राज्यले ऋण लगानी गर्ने र पढी सकेपछी राज्यलेनै जागिरको व्यावस्था गराएर उसको तलबबाट पढ्दाको ऋण कट्टी गर्दै लैजान सक्ने सुलभ व्यावस्था रहेछ ।
त्यसैले कुनै छोरा छोरीले चाहेर पनि बा आमा पाल्न वा रेखदेख गर्न नसक्ने हुँदोरहेछ । राज्यको भत्ताले नपुग भए र आफ्नो सम्पत्ती हुनेहरुले अपार्ट्मेण्ट्मा मस्ती जीवन यापन र केही नहुनेले राज्यको बृद्धाश्रममा रहने गर्दारहेछ्न । कुनै फुर्सदको समय वा आपत्तीको समयमा सन्तानबाट भेटघाट, रेख्देख गर्ने काम गर्ने रहेछ्न भन्ने आदित्यादी वर्णन गर्दै अब के सुन्नको ईच्छाछ भन्नोस भनी
नेपाली पन र मन लाई सोद्धा भए । इतिश्री पाताल पुराणे अमेरिकी माहात्म्य मेरिलेण्ड खण्डे ओग्लेथ्रुप – हाइसभिल बासस्थाने नेपाली जन संवादे ब्रतकथायाँ एकबिंसो अध्याय । (समाप्तम्)