घाईतेलाई उपचारको लागि काठमाडौ लगियो

Avatar photo
Dhadingpost
बिहिबार, माघ १, २०७१

माघ १ धादिङबेसी । उत्तरी धादिङ तिप्लिङ गााउँ विकास समितिका वाईसिएल अध्यक्ष तथा एमाओवादी तिप्लिङ गाउँ पार्टीका सदस्य मरकुश घले माथि आज राती धारिलो हतियार प्रयोग गरीएको छ ।
सेर्तुङ गाविस स्थित लुखुममा लाग्ने मकर सक्रान्ती मेला हेर्न गएका घलेलाई मेला स्थलमै आक्रमण गरिएको हो । घाईते तामाङ लिन काठमाडौंबाट आएको हेलिकप्टर तिप्लिङबाट काठमाडौ उडिसकेको छ ।
यस घटना सुनियोति रुपमा गरिएको भन्दै एमाओवादी धादिङ र बाईसिएल धादिङले छुट्टा छुट्टै विज्ञप्ती निकाली घटनाको घोर भत्सर्ना गरेका छन् ।
मरकुश घलेलाई तारवार हान्ने राप्रपा कार्यकर्ता काले तामाङ र गोपाल तामाङको नेतृत्वमा आएका समुहलाई अहिले सम्म प्रहरीले पक्राउ गर्न नसकेको प्रति विज्ञप्तीमा आक्रोस व्यक्त गरिएको छ ।
घाईते तामाङको हाम्रो www.dhadingpost.com टिम सिघृ स्वास्थ्य लाभको कामना गर्दछौ ।