कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न

Avatar photo
Dhadingpost
बुधबार, पुस ३०, २०७१

सुनौलाबनार पुस ३० गते । सुनौलावजार कृषि बहुउद्देश्यीय कृषि सहकारी संस्था नीलकण्ठ ६ सुनौलाबजारको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष रामजी रानाको अध्यक्षतामा सुनौलाबजारमा सम्पन्न साधारणसभामा सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता तथा भैरवी उमाविका शिक्षक केशव सिंखडाको विशेष आतिथ्यता रहेको थियो ।
आज सम्पन्न छैठौं साधारणसभा तथा तेस्रो अधिबेशनले रामजी राना अध्यक्ष रहेको नयाँ कार्य समिति र तिलक बहादुर गुरुङको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समितिको समेत चयन गरेको छ । कुल २७० जना शेयर सदस्य रहेको सहकारीले आर्थिक वर्ष २०७०-०७१ मा ४७ हजार ५ सय रुपैयाँ खुद नाफा गरेको छ । साधारणसभामा संस्थाका सचिव दिपक श्रेष्ठले आर्थिक तथा प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।