तारुका र खाल्टेमा गोरु जुधाउने तयारी पुरा

Avatar photo
Dhadingpost
बुधबार, पुस ३०, २०७१

धादिङबेसी पुस ३० गते । माघे संक्रान्तिको अवसरमा धादिङको खाल्टे गाविसको वडा नम्बर ६ फ्याक्सेमा गोरु जुधाउने तयारी पूरा भएको छ । चमेरे गुफा संरक्षण समाजको अगुवाईमा भोली माघे सक्रान्तिको अवसरमा खाल्टे ६ फ्याक्सेमा गोरु जुधाउने मेला आयोजना हुन लागेको हो ।
Ox-Fighting@ Baguwa,Gorkha_1प्रतियोगिताको रुपमा आयोजना गर्न लागिएको गोरु जुधाउने मेलालाई व्यस्थित बनाउन समाजका अध्यक्ष सुरेन्द्र श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय मुल आयोजक समितिको गठन गरिएको छ । मेलामा जुधाउनका लागि अहिले सम्म १४ हल गोरु दर्ता भईसकेको संयोजक श्रेष्ठले वताउनुभएको छ । खाल्टे गाविसको फ्याक्सेमा हुन लागेको गोरु जुधाउने प्रतियोगितामा बिजयी तथा सहभागि गोरुको धनीलाई विशेष प्रकारको पुरस्कार प्रदान गरिने मेला आयोजक समितिले जनाएको छ ।
नुवाकोट, धादिङ,, काठमाडौं लगायतका जिल्लाहरुबाट आएका दर्शकले मेलाको अवलोकन गर्ने आयोजकले विश्वास लिएका छन् । नेपाली समाजमा माघे संक्रान्तिका दिन हुने गोरु जुधाई स्पेनको बुल फाईट भन्दा कम नभएकोले यस्को संरक्षणमा लाग्नु पर्ने पर्यटन व्यवसायीहरुको भनाई छ ।
त्यसैगरी छिमेकी जिल्ला नुवाकोटको तारुकामा पनि माघे संक्रान्तिका दिन बर्षैदेखि गोरु जुधाउने मेला हुंदै आईरहेको छ । राजा जय पृथ्वीबहादुर सिंह माघे संक्रान्तिका दिन नुवाकोटको तारुकास्थित मावली घर गएको र भान्जा मामाघर आउँदा मनोरञ्जन दिलाउनका लागि मामाले गोरुका बाच्छाहरु जुधाएर मनोरञ्जन दिलाएको किम्वदन्ती रहेको छ । त्यसबेला देखि नै तारुका र आसपासका गाउं वस्तिमा गोरु जुधाउने प्रचलन सुरु भएको विश्वास गरिन्छ ।
माघे संक्रान्तिको दिन तारुकामा भने व्यवस्थित गरेर गोरु जुधाउने परम्परालाई पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै ठाउँमा गोरु जुधाइँदै आएको छ ।
नुवाँकोट तारुकामा गोरुजुधाउने मेला हेर्न जानको लागि धादिङ, नुवाकोट, गोरखा, काठमाण्डौ लगायतका विभिन्न जिल्लाबाट हजारौंको संख्यामा दर्शकहरु जाने गरेका छन् । मेलामा जुधाइने गोरुको बिमासमेत गरिएको व्यवस्थापन समितिले जानकारी दिएको छ । ‘किसानले पालेका गोरुलाई प्रतियोगिता र मनोरञ्जनका रुपमा मात्र नलिई गोरुध नीलाई उचित पुरस्कार दिन र ‘प्रतियोगितामा सामेल भएका गोरु शारीरिक रुपमा अशक्त भए वा सिङमात्रै भाँचिए पनि बिमाको व्यवस्था गरिएको समितिले जानकारी दिएको छ ।