जिल्ला स्तरीय नृत्य प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
सोमवार, पुस २८, २०७१

picपुस २८ गते । राष्ट्रिय निजि तथा आवसिय विद्यालय एशोसियन नेपाल (एन प्याब्सन) धादिङले आईतबार जिल्ला स्तरीय नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
एनप्यावसनले आफ्नो १८ औँ वार्षिक उत्सवको अवसरमा एनप्याव्सनसंग आवद्ध रहेका विद्यालयहरुविच नृत्य प्रतियोगिता आयोजना गरेको हो ।
जिल्लाभरीबाट १० विद्यलयको सहभागिता रहेके नृत्य प्रतियोगितामा धादिङ बोर्डिङ स्कुल प्रथम, न्यू धादिङ बोर्डिङ स्कुल द्धृतीय, न्यू किबोे बोर्डिङ स्कुल तृतीय, नेचर स्माईल एकेडेमी सान्तोना भएका छन्् ।
पुरस्कृत विद्यार्थीहरुलाई प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले प्रथम, द्धितीय, तृतीय र सान्तोनालाई क्रमस ७ हजार, ५ हजार, ३ हजार र २ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
नेपाल प्याबसन धादिङका अध्यक्ष कृष्ण प्रसाद दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा अधिकारी गणेश प्रसाद ढकाल, प्रहरी नायक उपरीक्षक प्रकाश मल्ल, रेडियो बिहानीको स्टेशन म्यानेजर नारायण सिलवाल लगायत विभिन्न विद्यालयका प्रधानध्यापकहरु शिक्षक शिक्षिका, अभिभावक विद्याथीहरुको सहभागिता रहेको थियो ।