ग्रामीण यातायात सहकारीको साधारणसभा सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, पुस २७, २०७१

धादिङवेसी पुस २७ । ग्रामीण यातायात सहकारी संस्था लिमिटेडको अध्यक्षमा चक्रबहादुर भण्डारी सहितको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । शनिबार धादिङवेसीमा सम्पन्न भएको संस्थाको छैठौं वार्षिक साधारणसभाबाट तथा तेस्रो अधिबेशनले जिल्लाका पूराना व्यवसायी चक्रबहादुर भण्डारीलाई संस्थाको अध्यक्ष सहित सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । संस्थाका अध्यक्ष रामबहादुर घलेको अध्यक्षतामा सम्पन्न अधिबेशनले नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ ।
dddffgfg
अधिवेशनको उद्घाटन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष डोलनाथ खनालले यातायातको क्षेत्रमा काम गर्नेहरुको लागि सम्भावनासंगै चूनौतीको पनि उत्तिकै रहेको बताउनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुहुँदै खनालले यातायातको क्षेत्रमा काम गर्ने सबै पक्ष उत्तिकै जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभएको थियो । केन्द्रको तर्फबाट यातायात क्षेत्रको समुचित व्यवस्थापन गर्न आफूहरुको प्रयास जारी रहेको समेत उहाँले बताउनुभयो । अधिवेशन उद्घाटन शत्रमा एकीकृत नेकपा मओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारी, एमाले धादिङका नेता शम्भुकुमार थापा, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश मल्ल लगायत यातायात क्षेत्रमा रहेर काम गर्नेहरुले शुभकामना मन्तव्य राखेका थिए ।
१५ महिला र २ सय ३ पुरुष गरि २१८ जना शेयर सदस्य रहेको सहकारीले धादिङ–काठमाडौं रुटमा ३२ वटा मिनीबस नियमित संचालन गर्दै आएको छ । संस्थाले आर्थिक वर्ष ०७०-०७१ मा कुल शेयर पूँजी ४,७०,०००।– पु¥याएको बताइएको छ । संस्थाको आर्थिक वर्ष २०७०–०७१ को कुल कारोबारबाट रु १८, २६,००६ रुपैयाँ खुद नाफागरेको कोषाध्यक्ष रमेशभाई अधिकारीले बताउनुभयो ।
धादिङ उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न अधिवेशनले कार्य समितिको उपाध्यक्षमा शिवकुमार श्रेष्ठ, महा–सचिवमा हबिहादुर श्रेष्ठ, सचिवमा उमेश कुमार श्रेष्ठ र कोषाध्यक्षमा रमेश भाई अधिकारीलाई चयन गरेको छ ।
पुनर्गठित कार्यसमितिको सदस्यहरुमा सीताराम पोखरेल, राम बहादुर थापा, दिनेश अधिकारी, प्रेम भट्टट, बद्रीप्रसाद सुवेदी, सरोज रिजाल रहनुभएको छ ।
अधिवेशनले सोम्बले तामाङको संयोजकत्वमा रामचन्द्र गिरी र भेषराज रिजाल सदस्य रहनुभएको लेखा समिति पनि चयन गरेको छ ।