बिपीको नीति अहिले पनि सान्दर्भिक

Avatar photo
Dhadingpost
बुधबार, पुस १६, २०७१

काठमाडौ, पुस १६ – प्रधानमन्त्री सुशील कोइरालाले बिपी कोइरालाले ल्याएको राष्ट्रिय मेलमिलापको नीति अहिलेपनि उत्तिकै सान्दर्भिक रहेको भन्दै सबै राजनीतिक दललाई त्यो बाटोमा हिड्न आग्रह गरेका छन् ।
sushil_koirala 22222

उनन्चालिसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा जननायक बिपी कोइराला स्मृति ट्रष्टले आज बिहान राजधानीमा आयोजना गरेको चियापान कार्यक्रमपछि संवाददातासँग सङ्क्षिप्त कुरा गर्दै उनले मुलुकको शान्ति, स्थायित्व, लोकतन्त्रको संस्थागत विकासका निम्ति संविधान अपरिहार्य भएको बताए । उनले भने–“राष्ट्रिय एकता तथा मेलमिलापबाटै लोकतन्त्रलाई स्थायित्व दिन सकिन्छ, सबै दलका नेताले नयाँ संविधान निर्माणका खातिर सहयोग एवम् समर्थन गर्नेमा म विश्वस्त छु ।” बिपी २०३३ पुस–१६ गते लामाे निर्वासनपछि भारतबाट मेलमिलापको नीति लिएर नेपाल फर्केका दिनलाई सम्झना स्वरुप मनाइने गरिन्छ ।