काङ्ग्रेसले आज राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै

Avatar photo
Dhadingpost
बुधबार, पुस १६, २०७१

nepali congressपुस १६ । नेपाली काङ्ग्रेसले आज ३९ औं राष्ट्रिय मेलमिलाप दिवस, मनाउँदै छ । वि.सं. २०३३ पुस १६ गते आजकै दिन काङ्ग्रेस नेता विश्वेश्वरप्रसाद कोइराला राष्ट्रियता र प्रजातन्त्रको लागि ८ वर्ष लामो भारत निर्वासनपछि स्वदेश फर्केको सम्झनामा काङ्ग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ ।
कोइराला नेताहरु गणेशमान सिंह, शैलजा आचार्यलगायतसहित स्वदेश फर्किनुभएको थियो । स्वदेश र्फकदा बीपीमाथी आईलाग्न सक्ने खतरालाई मध्यनजर गर्दै शुभचिन्तकहरुबाट स्वदेश नर्फकन आएका सुझवहरुलाई नजरअन्दाज गर्दै बीपी राष्ट्रिय एकता र मेलमिलापको नीतिलिई स्वदेश र्फकनु भएको थियो । बीपीलाई तात्कालिन महेन्द्र सरकारले सोही दिन गिरफतार गरि सिधै सुन्दरीजल बन्दीगृहमा लगेको थियो ।