नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य अस्पताल भर्ना

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १५, २०७१

baiपुस १५ । फोक्सोमा समस्या भएपछि नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य अस्पताल भर्ना हुनु भएको छ ।
एक्कासी दम बढेपछि अध्यक्ष वैद्यलाई सोमबार साँझ काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । केही दिन लगातार चलेको पार्टीको बैठकका कारण भएको दौडधूमपछि बिरामी पर्नु भएका वैद्यलाई अक्सिजन दिएर उपचार जारी राखिएको नेकपा–माओवादी सचिव देव गुरुङले जानकारी दिनुभयो । सचिव गुरुङका अनुसार चिकित्सकहरुले केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने सुझाव दिएका छन् ।