नेकपा माओवादीको भेला आज सकिंदै

Avatar photo
Dhadingpost
सोमवार, पुस १४, २०७१

काठमाडौं पुस १४ । नेकपा माओवादीको राष्ट्रिय भेला आज सकिंदैछ । हिजोसम्म समूहगत नेताले छलफलकोे निष्कर्ष प्रस्तुत गरेकाले त्यसैको आधारमा आज निष्कर्ष निकाल्दै भेला सकिने माओवादीले जनाएको छ । साथै आज अध्यक्ष मोहन वैद्यले समूहगत निष्कर्षको आधारमा जवाफ दिनुहुने पनि जनाइएको छ । बानेश्वरस्थित एक पार्टी प्यालेसमा जारी भेलामा वर्तमान संविधानसभा खारेज गरी राष्ट्रिय राजनीतिक सभाको माग आएकाले छलफलको निष्कर्षको रुपमा आउने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । भेलामा सबै जिल्लाका प्रतिनिधिका साथै भारत, यूरोप तथा मध्यपूर्वका देशहरुबाट समेत गरी करिब ९ सय प्रतिनिधि र केन्द्रीय सदस्य तथा सल्लाहकारसमेतको सहभागिता रहेको माओवादीले जनाएको छ । भेला हिजै सकिने भनिए पनि लम्बिएको हो ।