प्रकृतिक स्रोत भारत निकासी रोक्न हुँदैन– अर्थमन्त्रीको

Avatar photo
Dhadingpost
बिहिबार, पुस ३, २०७१

पुस ३ । अर्थमन्त्री डा. रामशरण महतले गिट्टी, ढुंगा, बालुवा जस्ता प्राकृतिक स्रोत भारत निकासी रोक्न नहुने बताउनु भएको छ । व्यवस्थापिका संसदको विकास समितिको आजको वैठकमा बोल्दै महतले नेपालको गिट्टी, ढुंगा, रोडा र बालुवा भारत निकासी रोक्न आफू सहमत नभएको बताउनु भयो । उहाँले गिट्टी, ढुंगा, बालुवा लगायतका निर्माण सामाग्री निकासी रोकिदा समग्र अर्थतन्त्रमै गम्भीर असर पर्ने भएकाले त्यसो गर्न नहुने बताउदै बरु व्यवस्थापन गर्न सकिने बताउनु भयो । अर्थ मन्त्रालयको ढुकुटी नै रित्याउने गरी कारोबार बन्द गर्ने माग उचित नभएको मन्त्री महतले बताउनु भयो । गत असारमा गिट्टी, ढुंगा र बालुवा व्यवसायीको आन्दोलनपछि अर्थमन्त्री अध्यक्ष रहेको अर्थ तथा पूर्वाधार समितिले क्रसरको म्याद पुस मसान्तसम्म खुल्ला गरेको थियो ।