पेट्रोलियम पदार्थको मुल्य घटाउन माग

Avatar photo
Dhadingpost
बुधबार, पुस २, २०७१

पुष २ गते । अन्तराष्ट्रिय मुल्य घट्दा पनि नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाउदा त्यसको बिरोध हुन थालेको छ । बिभिन्न दल निकट विद्यार्थी संगठनहरुले आज बैठक बसि अन्तराष्ट्रीय बजार मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउनुपर्ने माग गरेका छन । प्रमुख ११ विद्यार्थी संगठनहरुको आज बसेको बैठकले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघटाए आन्दोलन गर्ने निर्णय गरेको हो । बैठकपछि उनिहरुले निगमको कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका छन् ।