अब अनलाईनबाटै तारेख लिन पाईने

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १, २०७१

पौष १ गते । सर्वोच्च अदालतले आज मंगलबारदेखि अनलाइनबाटै तारेख लिने व्यवस्था गरेको छ । न्यायालयले विकास गरेको ईतारेख सेवाले देशका जुनै पनि ठाउँमा नजिकको अदालतबाट मुद्दाका पक्षले सर्वोच्चमा तारेख लिन पाउने सुविधा सुरु भएको हो । सेवा सुरु भएपछि नजिकको जिल्ला वा पुनरावेदन अदालतबाटै तारेख लिन सकिने व्यवस्था गरिएको छ । नयाँ प्रविधिमा अभ्यस्त बनाउन पहिलो चरण् ामा सर्वोच्चले ३१ जिल्ला र ९ पुनरावेदन गरी ४० अदालतका २ सय ४० कर्मचारLलाई यससम्बन्धी तालिम दिएको थियो । आफूलाई पायक पर्ने अदालतबाटै सर्वोच्चको तारेख लिन पाउने र म्याद तामेली पनि अनलाइनबाट हुने व्यवस्था भएपछि यति कामका लागि दूरदराजबाट राजधानी धाउनुपर्ने झन्झट सकिएको छ । न्यायिक कार्यलाई छिटोछरितो, सहज र प्रभावकारी बनाउन मुद्दा व्यवस्थापनमा सूचनाप्रविधिको प्रयोग सुरू गरिएको सर्वोच्च अदालतले जानकारी दिएको छ ।
अदालतले एसएमएस सेवा अन्तर्गत पक्षहरूलाई मुद्दा र रिट र निवेदन दर्ता, पेसी मिति, मुद्दाको स्थिति, साधारण तारेख र पेसीमा भएको आदेश तथा फैसलाबारेको जानकारी दिन्छ । मुद्दा र रिट तथा निवेदन दर्ता मिति र नम्बर पाउन मोबाइलको म्यासेज बक्समा आरजी लेखेर स्पेस दिई मुद्दा नम्बर टाइप गरेर ३०३०३ मा पठाएपछि त्यसको जवाफ पाउने व्यवस्था गरिएको छ ।