अलेक्जेण्डरले भनेका छन् कि मेरो लास लैजाँदा दुवै हात बाहिर राखिदिनु । सबैले देखून् र भनून् संसार जित्ने अलेक्जेण्डर रित्तो हात जाँदैछ । अलेक्जेण्डरको भनाइ पछयाएका त होइनन् होला तर धादिङको ज्यामरुङ ४ का रामप्रसाद सापकोटा (कमल) अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्न भनेपछि हुरुक्कै हुन्छन् । निम्न किसान परिवारमा जन्मिएका कमलको बाल्यकाल्य दुःख कष्टमै बित्यो । चार दिदीबहिनी र चार दाजुभाइको ठूलो परिवारमा हुकिर्एका उनले अभावै अभावको बीचमा ७ बर्Èको उमेरबाट विद्यालयको औपचारिक शिÔा शुरु गरे ।
अरु कोही पनि विद्यालय नजाने परिवारमा कतिपय दिनहरु त यस्ता पनि आए, कापी कलम किन्न नसकेर उनी विद्यालय जानै पाएनन् । मेलापात र अन्य घरबाहिरका काम गरेर कापी, कलम र विद्यालय शुल्कको जोहो गर्दै कमल पढ्ने गर्दथे । कÔा आठमा पुगेपछि त उनको पढ्ने रहरलाई अभावले गर्लम्मै पछारिदियो । तर मनभरि पढ्ने जाज्वल्यमान सपना बोकेका कमलको अघि अभावको चुनौती धेरैदिन टिक्न सकेन । भनिन्छ आमाको मन कोमल हुन्छ, कमलले यही अनुकुलता पछयाए र आमाले पेवाको रुपमा पाल्नुभएको एउटा बाख्रा बेचेर १५ सय रुपैयाँ जोहो गरे । यही पैसालाई बिऊ पुँजी बनाएर पढाई खर्च टार्ने अठोट गरे कमलले । घरबाट ६ घण्टा हिंडेर धादिङबेसीबाट पसलको सामान ल्याई उनले विद्यालय नजिक सानो पसल शुरु गरे, विशेÈगरी विद्यार्थीहरुलाई लÔित गरेर । बिहान बेलुका र छुट्टीको बेला पसल खोल्दै १३ बर्Èको सानै उमेरमा उनी व्यापारी भए र सँगसँगै विद्यार्थी पनि ।
गाउँबाट एसएलसीको परीÔा दिईसकेपछि उच्च शिÔा हासिल गर्ने सपनाले कमललाई गाउँमा बस्न दिएन । धनीमानीका छोराछोरीहरु डाक्टर इन्जिनियर पढ्न ब्रिजकोर्È गर्ने बेला उनी पाँच÷ छ महिना लेवरको काम गर्न पोखरा गए । उनले सिमेन्ट बोके, बालुवा बोके, जे–जे पाइन्छ त्यही–त्यही बोके । जति गह्रुंगो र अप्ठेरो भएपनि बिसौनीमा भारी त बिसाए तर पढ्ने सपनाचाहिँ कहिल्यै बिसाएनन् । एसएलसीको रिजल्टले पनि शहर पस नै भन्यो । किनकी पास भएपछि उच्च शिÔा पढ्न काठमाडौं वा पोखरा नै पुग्नुपथ्र्यो । कमल सपनाको राजधानी काठमाडौं हान्निए । केही समय Ôेत्रपार्टीको होटलमा उज्यालो भविष्य खोज्दै जुठा भाँडा चम्काउन थाले । Ôेत्रपाटी र ठमेलको धेरै दूरी छैन । त्यसैले उनले ट्रेकिङ Ôेत्रमा भरियाको काम पाए ।
अहिले उनी ठमेलमा एक सफल पर्यटन व्यावसायीका रुपमा काम गरिरहेका छन् । ट्राभल एजेन्सी, होटल लगायतका अन्य सामाजिक जिम्मेवारीहरुमा पनि सक्रिय कमल करोडौंका मालिक हुन् । कुल्लीदेखि भारी बोक्ने भरिया हुदै करोडपति बन्दासम्म उनले धेरै संघर्È र दुःख गरेका छन् । उनी काठमाडौं आउनुको एउटै उद्धेश्य थियो उच्च शिÔा हासिल गर्नु । तर उनीसँग आफैं कमाएर पढ्नुको विकल्प थिएन । यही काम गर्छु भन्ने थिएन उनलाई जे काम पाइन्छ त्यही गरेर भनेपनि पढ्नुपर्छ भन्ने चाहिँ अवश्य थियो । उनले औपचारिक शिÔाको लागि प्राइभेट र्फम भरे । दिनभरी सुकिला मुकिला विदेशी पाहुनाको भारी बोके, नयाँ–नयाँ बाटो हिँडे, नयाँ–नयाँ परिवेश पढे । बेलुकी सुत्ने बेलामा थकित शरीरलाई सुत्न नदिएर कोर्Èका किताब पनि पढिरहे । रहर त थियो नि क्याम्पस जाने, नयाँ–नयाँ साथी बनाउने र पढ्ने । तर गरिबको रहर र सपनालाई विपना हुने अधिकार कहाँ थियो र त्यतिबेला ।
त्यसो त, त्यतिबेलाको मजदुर भनेको अहिले जस्तो संगठित पनि थिएन । जति पनि काम गर्नुपर्दथ्यो । मालिकले जति दियो त्यति लिने, जति बोकायो त्यति बोक्ने । दिनभरी भारी बोकेर पढ्न कम गाह्रो थिएन । यसरी पनि प्राइभेट परीÔा दिँदै उनले क्याम्पसको पढाई अगाडि बढाइरहे ।
शुरुमा भारी बोक्दा कोठा लिने हैसियत पनि थिएन कमलको । सोह्रखुट्टेको त्रिशुली लजमा पचास साठी जना भरियाहरुसँग लम्पसार परेर रात काटेका दिनहरु उनका मानसपटलबाट अझै मेटिएका छैनन् । माटोले बनेको एकतलामा ५०÷६० जना मजदुरहरु ओड्ने ओछयाउने बिना लहरै सुत्नुपथ्र्यो । सुतेको १० र खानाको २० ले एक दिनको पचास रुपैयाँ तिरेर करिब ६ महिना उनले त्यहाँ बिताए । त्यो समयपछि बागमतीमा धेरै पानी बगिसक्यो । सिंहदरबारका भित्ता र त्यो होटल अहिले पनि त्यहीँ र उही अवस्थामा छ । अनि यो देशका ज्यामी मजदुरहरु पनि । कमल ६ महिनापछि ५÷६ जना साथी मिलेर नरदेवीमा ३०० प्रति महिना पर्ने कोठा लिएर बसे ।
उनी सँगैका युवाहरु कोही गाउँमा नै निर्वाहमुखी कृÈि पेशामा छन्, कोही खोरिया बन्दकी राखेर कोरिया हानिएका छन्, कोही अरबको खाडीमा । तर उनले स्वदेशमै रहेर कसरी यस्तो प्रगति हासिल गर्न सके त ? कमल भन्छन्, ‘म ९÷१० बर्Èको उमेरमा नै गाउँको जिम्मालसँग टक्कर लिन्थे । मलाई मेरा बाआमाले कि यो बौलाएर जान्छ कि केही गर्छ भन्नुहुन्थ्यो । म अलि फरक स्वभावको थिएँ । अलि जान्न बुझ्न खोज्ने, नयाँ काम गरिहाल्न खोज्ने, जोखिम मोल्न सक्ने, गरिबको छोरो भएर पनि ठूलाहरुसँग नदब्ने । संघर्È गर्न सक्ने, जे पनि गर्न तयार हुने मेरो स्वभाव थियो । १५÷१६ बर्Èको उमेरसम्म कहिल्यै बस नचढेको मान्छे पोखरा गएर भरिया बन्न तयार भएँ । म खल्तीमा २ लाख छ भने ४ लाखको लगानी गर्न नडराउने । जोखिम बहन गर्न सक्ने मेरो बानीले पनि मलाई अगाडि बढ्न सघायो ।’ त्यसो भए गरिबी भनेको पैसा नहुनु हो कि सपना नहुनु ? कमलको जवाफ छ, ‘मुख्य सपना नहुनु हो । त्यसलाई पैसाले ब्याकअप भने गर्दछ । फेरि पनि मुख्यचाहि सपना नहुनु नै हो ।’ उनी दावी गर्छन्, ‘पहिले गाउँको म सबैभन्दा गरिब परिवारको छोरो थिएँ । म अहिले मेरो गाउँमा सबभन्दा धनीको छोरो भएको छु ।’
त्यसो त, कति मान्छे त सपना देखेको देख्यै हुन्छन्, सपनालाई लक्ष्यमा परिणत गरेर विपनामा उतार्न सक्दैनन् । उनी भने आफूले सपनालाई विपना बनाउन आँट गरेको बताउँछन् । ‘सपना पूरा गर्न प्रयत्न नै नगर्नेहरु सपनामा उदाएर सपनामै अस्ताउँछन्’, नेतैनेताको संगत परेका कमल अलिकति दर्शन छाूटिहाल्छन् । बाल्यकालमा
गाउँतिर जिम्बलहरुले, सरकारी कर्मचारीहरुले दुःख दिने गरेकोले जीवनमा सरकारी जागिर नखाने प्रण गरेका थिए उनले । गाउँको जिम्बलकोमा त उनको परिवारले निःशुल्क काम नै गरिदिनुपर्दथ्यो । आङ्खनो घरको रोपाई छाडेर जिम्बलकोमा काम गर्न जानुपर्दथ्यो । त्यसकारण जनतालाई दुःख दिने सरकारी मान्छे र जिम्बलहरुको व्यवहारले उनलाई सरकारी जागिरप्रति वितृष्णा थियो ।
नेपालमा राजनीतिक दलहरुले जनतालाई सपना देखाउँछन्, आश्वासन बाँड्छन् तर आङ्खनो निजी प्रगतिको लागि मरिमेट्न थाल्छन् र हिंड्दै छ पाइला मेट्दैछको नयाँ–नयाँ अध्यायहरु लेखिन्छन् । तर कमलले यसो गर्न सकेनन् । जब उनी भरियाबाट ट्रेकिङ गाइड बने, उनले आङ्खनै कमाईबाट गाउँको स्कूलमा १० जना विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गर्न थाले । उनलाई गाइड बन्दा राम्रै कमाएछु भन्ने लाग्यो र बाआमालाई दिएर, पढाई खर्च गरेर बाँकी कमाई उनले जति दुःख गरेर पढ्नु पर्यो । ती दिन सम्झिएर गरिब तथा जेहेन्दार विद्यार्थीको कापी कलम किन्न, फि तिर्न प्रदान गर्न थाले । पछि जब उनले कम्पनी खोले, उनको कम्पनीमा भएको नाफाको केही हिस्सा सामाजिक काममा लगानी गर्न थाले ।
कमल भन्छन्, ‘व्यापार गर्नेहरुको प्रायः जसरी नि पैसा कमाउने भन्ने हुन्छ । तर मैले पैसा कमाउने हो तर जसरी नि कमाउने होइन, हाम्रो कामले प्राकृतिक र सांस्कृतिक वातावरण नबिग्रियोस्, यसले लामो समयसम्म समाजलाई नकरात्मक असर नपारोस् भनेर काम गर्छु । हामीले इको टुरिज्म, सोसियल टुरिज्म गरिरहेका छौं । अहिले ग्लोबल वामिर्ङको कुरा पनि उठिरहेको छ । हाम्रो काम र व्यवहारले दिर्घकालसम्म पनि समाजलाई हानी नोक्सानी नपुगोस् भनेर हामीले काम गर्छौं । साथै, हाम्रो नाफाको केही प्रतिशत सामाजिक Ôेत्रमा लगानी पनि गरेका छौं ।’ भनिन्छ, कर्म गरेपछि अवश्य फल मिल्दछ । यसै शिलशिलामा उनले हजारौं प्रतिष्पर्धीहरुलाई उछिन्दै सामाजिक उद्यमशीलता अवार्ड प्राप्त गरे २०११ मा । व्यापार गर्नेले व्यापार मात्र नगरेर समाजमा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्नेलाई प्रदान गरिने अवार्ड हो यो ।
त्यसो त, २००४ मा युवा उद्यमशीलता अवार्डको छनौट चरणमा परेको थिए उनी । पछि २०११ मा उनले पर्यटन Ôेत्रमा सामाजिक उद्यमशीलता नामक राष्ट्रियस्तरका अवार्ड जितेका हुन् । अहिले देश बेरोजगारीको दुष्चक्रमा छ, लाखौं युवाहरु रोजगारीको लागि भौंतारिइरहेका छन् । उनीहरु नेतालाई, सरकारलाई गाली गरिरहेका छन्, ती युवाहरुलाई कमलको प्रष्ट सन्देश छ, ‘हाम्रोेमा राज्य कमजोर भएका कारण पनि युवाहरुको आवश्यकता सम्बोधन हुन नसकेको हो । एउटा दोÈ त राज्यलाई पक्कै जान्छ । त्यसो हँुदाहूँदै पनि हामी युवाले राज्यको मात्रै मुख ताकेर बस्नुहुन्न । हामी स्वयंले पनि प्रयत्न गर्नुपर्दछ ।’ कमलको ठम्याईमा देशलाई नयाँ ठाउँमा नयाँ ढंगले लैजान सक्ने शक्ति हो युवा । यस्ता युवाहरुले विदेशिनु भन्दा पनि देशमै सम्भावनाको खोजी गर्नुपर्छ । व्यापार व्यावसायदेखि समाज परिवर्तनसम्मको काम युवाले नै गर्न सक्छन् । नेपालमा धेरै श्रोेत साधनहरु पनि छन् । युवा शक्तिमा योजना र आँट भने हुनुपर्दछ भन्छन् उनी । कमलले एसिएन र पश्चिमा गरी १६ वटा देशहरु घुमिसकेका छन् ।
कमलले विदेशका अनुभवसहितको जवाफ यसरी दिन्छन्, ‘नेपालमा युद्धको बेला माओवादीले युगान्तकारी परिवर्तनको नेतृत्व गरेकै हो । जनताले अलि आश गरेको यो दलमा पनि खुला प्रक्रियामा आएपछि समस्या देखियो । अरु जस्तै बन्ने खतरा पनि देखिएको छ । युद्धको बेला गरिएका प्रतिबद्धता पूरा भएका छैनन् । त्यसो त, एमाओवादीले काम गर्न पाएको छैन । कम्तीमा पाँच बर्È काम गर्न दिनुपर्छ । बजारमा जति टिकाटिप्पणी भइरहेका छन्, सबै सत्य होइनन् । तर पनि आङ्खनो प्रतिबद्धताबाट चुक्ने सम्भावना र खतरा भने छ ।’
दल भनेको माओवादी मात्र त होइन, अरु पनि छन् । फेरि यहाँ त चरित्र र जीवनशैलीबाट फरक–फरक दलका कार्यकर्ता भनेर छुट्याउनै गाह्रो छ । अझै पछिल्लो समय त व्यावसायी र नेताहरुको जीवनशैलीमा केही फरक पाइन्न । नवसामन्त, सम्भ्रान्त वर्गका प्रतिनीधि जस्ता लाग्दैनन् र भन्ने प्रश्नको पनि उनको सहज जवाफ छ, ‘सबै त होइन, तर केहि नेतृत्व तहमा यो समस्या विकराल रुपमा रहेको छ । व्यावसायीको भन्दा महंगो जीवनशैली नेताहरुमा देखिन्छ । यसले पार्टी कहाँ पुग्यो, क्रान्ति कसरी गर्छ भन्ने प्रश्न स्वभाविक रुपमा जन्मिन्छ । यसलाई दलहरुले चिरेर जानुपर्छ ।’
जब उनी युरोप र एसियाका विकसित मुलुकमा रमाइरहेका हुन्छन्, उनको मनभरी सपना हुर्कन्छ, स्वदेशमा गएर केही त अवश्य गर्नुपर्छ । उनले टुकी नेपाल समाज भन्ने संस्था खोलेका छन् । गाउँमा स्वास्थ्य चौकी, लघुजलविद्युत र विद्यालय भवन निमाण मात्र गरेका छैनन्, गरिब जेहेन्दार विद्यार्थीहरुलाई निःशुल्क पढाइरहेका पनि छन् । अध्यारोलाई टुकी बनेर हटाउने एउटा नागरिकको प्रयत्न मात्र काफी नभएको उनको बुझाई छ । उनी भन्छन्, ‘मुख्यतः गर्ने भनेको छ राज्यले, राजनीति र नेतृत्वले नै हो । हामीले जनस्तरबाट गर्ने परिवर्तन आंशिक हुन्छ । एउटा गाउँ वा केही जिल्लामा परिवर्तन आंशिक हुन्छ । एउटा गाउँ वा केही जिल्लामा सिमित हुन्छ । पूरै देश नै कायपलट गर्ने त राजनीतिले हो । राज्यले हो । नेताले नै हो ।
हामीले केवल सल्लाह सुझाव दिन सक्छौं ।’ तर जनस्तरबाट गरिएका नमूना कामहरुबाट राज्यले पनि सिक्नुपर्ने उनी बताउँछन् । नेपालमा संक्रमण लम्बिइरहँदा जनस्तरमा निराशा बढिरहेको छ । यहाँ रातारात कुनै दल जनताको अपेÔा पूरा गर्छ जस्तो उनलाई लाग्दैन । तर अन्तभन्दा नेपालमा यो परिवर्तन छिटो भइराछ र छिट्टै हुनेछ भन्ने विश्वास चाहिँ छ उनलाई । उनी अगाडि थप्छन्, ‘नेपालसँग भएको अथाह स्रोत साधनको सही परिचालन र नेतृत्व हुन सके हामी रातारात धनी हुन सक्छौं ।’