दुधको मुल्य नबढाए लागत पनि नउठ्ने

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २४, २०७१

11काठमाडौं २३-मंसिर । दुध उत्पादनको लागत मूल्य नपाए केन्द्रिय दुग्द्य सहकारी संघले आन्दोलन गर्ने चेतावनी दिएको छ ।
मंगलवार पत्रकार सम्मेलन गरेर केन्द्रिय दुग्द्य सहकारी संघले किसानहरुले उत्पादन गरेको दुधको लागत मूल्य नपाएको भन्दै मूल्यवृद्धि नगरे चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावानी दिएको हो ।

पत्रकार सम्मेलनमा केन्द्रिय दुग्द्य सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले अघिल्लो वर्ष सरकारसँग भएको दुधको लागत मूल्य वृद्धि गर्ने सहमति बमोजिम तत्काल मूल्यवृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी दिदै उनले ४९ रुपियाँ ५८ पैसा लागत खर्च रहेको बताए ।

प्रतिलिटर १२ रुपिया ५८ पैसा दुध उत्पादनको लागत मूल्यमा घाटा भइरहेको भन्दै राज्यले दुध उत्पादन गर्ने किसानहरुको घाटा पूर्ति नगरिए दुधमा आत्मनिर्भर बन्दै गएको दुध पेशा नै बन्द हुने अवस्थामा पुगि सकेको जानकारी दिए । उनले अहिले राज्यले प्रतिलिटर ३२ रुपियाँ देखि ३५ रुपियाँसम्मा खरिद गरिरहेको भन्दै करिब १३ रुपियाँ दुग्द्य उत्पादनको लागतमा घाटा किसानहरुले व्यहोरिरहेको अध्यक्ष देवकोटाको भनाई छ ।